शाओमी रेडमी के २०प्रोको मूल्य चीनमा कटौती, नेपालमा कहिले घट्ला बजार मूल्य ?

Technology Khabar ४ कार्तिक २०७६, सोमबार

शाओमी रेडमी के २०प्रोको मूल्य चीनमा कटौती, नेपालमा कहिले घट्ला बजार मूल्य ?
रेडमी के२० प्रोको तस्विर

काठमाडौं ।

काठमाडौं । शाओमीको रेडमी सब ब्राण्डमा आएको के २० सिरिजका स्मार्टफोनहरु नेपाली बजारमा निकै लोकप्रिय रहेका छन् । हाल नेपाली बजारमा रेडमी के २० र के २० प्रो उपलब्ध छ ।

हालै यी दुबै स्मार्टफोनहरु शाओमीको एमआईयूआई ११ अपडेट पाउने डिभाइसहरुको सूचीमा पनि रहेका छन् ।

यसैबिचमा कम्पनीले रेडमी के २० सिरिजको मूल्य घटाएको छ । कम्पनीले चीनमा के २० प्रो स्मार्टफोनको मूल्य ४०० यूआन अर्थात करिब ५६ अमेरिकी डलर कटौती गरेको हो । अव ग्राहकहरुले चीनमा यो स्मार्टफोन २१९९ यूआनमा किन्न सक्नेछन् । यसअघि यसको लन्च गर्दाको मूल्य २५९९ अर्थात ३६७ डलर तोकिएको छ ।

हाल यो स्मार्टफोनको मूल्य चीनका प्रमुख स्टोरहरुमा राखिएको छ ।

रेडमी के २० प्रो रेडमी ब्राण्डमा आएको पहिलो फ्ल्यागशिप स्मार्टफोन हो । के २० प्रो सिरिजले रेडमीको फ्ल्यागशिप स्मार्टफोनहरु प्रतिको प्रतिबद्धता देखिने शाओमीका भाइस प्रेसिडेन्ट तथा रेडमी ब्राण्डका जनरल म्यानेजर लू बेईबिङ्गले भनेका थिए ।

यो फोनमा ६.३९ इन्चको एमोलेड फूल स्क्रीन डिस्प्ले छ । क्वालकम स्न्यापड्रागन ८५५ चीपसेट राखिएको फोनमा ८ जीबी र्याम तथा २५६ जीबी स्टोरेज रहेको छ । २० मेगापिक्सेलको पप अप क्यामरा रहेको फोनमा ४८ मेगापिक्सेल प्लस १३ मेगापिक्सेलको रियर क्यामरा राखिएको छ । फोनमा ४,००० एमएएचको ब्याट्री प्याक रहेको छ ।

नेपाली बजारमा पनि उपलब्ध रहेको रेडमी के२० प्रोको ८जीबी २५६ जीबी स्टोरेज फोनको मूल्य ५० हजार रहेको छ। तर अन्य बजारमा यसको ६ जीबी र्याम र १२८ जीबी स्टोरेज भेरिएन्ट पनि उपलब्ध छ ।

चीनमा मूल्य घटेसँगै के नेपालमा पनि मूल्य घट्छ त के २०प्रो स्मार्टफोनको भन्ने प्रश्न आएको छ ।

चीनमा मूल्यघटेसँगै नेपालमा पनि मूल्य घट्छ वा घट्दैन त्यो हेर्न भने केहि समय कुर्नुपर्ने हुन्छ । कम्पनीले चीनबाट मूल्य घटाउन शुरु गरेर भारतहुँदै नेपाली बजारमा पनि यसको मूल्य कम गर्न सक्दछ ।

चीनमा राखिएको नयाँ मूल्यको आधारमा हेर्ने हो भने नेपाली बजारमा साढे ८ हजारको हाराहारीमा मूल्य कटौती हुनुपर्नेछ । छिमेकी मुलुक भारत र नेपाली बजारमा यो स्मार्टफोनको मूल्य करिब समान जस्तै रहेको हुँदा भारतमा र नेपालमा एकैपटक मूल्य कम्पनीले घटाउन सक्नेछ ।

माध्यम

Global Bank
easy care

प्रकाशित: ४ कार्तिक २०७६, सोमबार