नेपाल टेलिकमले भन्यो- कात्तिक भित्र पोलको भाडा नतिरे केबुल टिभी र इन्टरनेटको तार हटाईदिने

Technology Khabar ४ कार्तिक २०७६, सोमबार

नेपाल टेलिकमले भन्यो- कात्तिक भित्र पोलको भाडा नतिरे केबुल टिभी र इन्टरनेटको तार हटाईदिने
काठमाडौंको विद्युत पोलमा रहेको टेलिफोन र इन्टरनेटको तारहरु । फाइल फोटो
Classic Tech
Nepal Telecom

काठमाडौं । नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले कम्पनीको पोलहरु प्रयोग गर्ने केबुल टिभी र इन्टरनेट सेवा प्रदायकहरुलाई पोलभाडा बापतको रकम तिर्न भनेको छ । रकम नतिरेमा टेलिकमले सेवा प्रदायकहरुको तार मंसिरदेखि हटाउने चेतावनी दिएको छ ।

कम्पनीले टेलिकमको पोलहरु प्रयोग गरिरहेका सम्पूर्ण केबल टिभी संचालकहरु, इन्टरनेट सेवा प्रदायकहरुले पोल प्रयोग गर्ने सम्बन्धी  सम्झौता गरी अनिवार्य रुपमा आर्थिक वर्ष २०७६/७७ सम्मको पोल भाडा तिर्न भनेको छ । टेलिकमले कात्तिक मसान्तभित्र सम्झौता गरी रकम भुक्तानी गर्न सार्वजनिक सूचना जारी गरेको हो ।

सो अवधिमा पनि सम्झौता तथा भाडा भुक्तानी नगरी पोलहरु प्रयोग गर्ने सेवा प्रदायकहरुको केबुलहरु आउँदो मंसिरदेखि कुनैपनि समयमा हटाउन सक्ने स्पष्ट पारेको छ ।

TK Viber

प्रकाशित: ४ कार्तिक २०७६, सोमबार

Loading...