यस्तो डिजाइनमा हुनेछ वनप्लस ८प्रो स्मार्टफोन, क्वाड क्यामरा सेटअप र पन्च होल डिस्प्ले

Technology Khabar ३ कार्तिक २०७६, आईतवार

यस्तो डिजाइनमा हुनेछ वनप्लस ८प्रो स्मार्टफोन, क्वाड क्यामरा सेटअप र पन्च होल डिस्प्ले

काठमाडौं ।

काठमाडौं । वनप्लसले आफ्नो फ्ल्यागशिप स्मार्टफोन वनप्लस ७टी र ७टी प्रो ल्याएको करिब १ महिनामात्र भएको छ तर पनि कम्पनीले ल्याउने आगामी फोन वनप्लस ८ को बारेमा रिपोर्टहरु आईसकेका छन् ।

कम्पनीले ल्याउने वनप्लस ८ र ८ प्रो भेरिएन्टहरुको डिजाइन रेन्डर सार्वजनिक भएको छ । वनप्लस ८ प्रोमा पन्च होल डिस्प्ले डिजाइन हुनेछ यसअघिका वनप्लस ७ प्रो र ७ प्रो टिमा भने नोचलेस स्क्रीन डिजाइन रहेको छ ।

वनप्लस ८ प्रोमा थ्रीडी टिओएफ सेन्सर र क्यामरा सेन्सर सपोर्टिंग हुनेछ । यो हेर्दा भेनिला ८ जस्तै रहेको छ तर यसको टप बेजेल भने निकै कम रहेको छ ।

वनप्लस ८ र ८ प्रो दुबैमा बटनहरु, स्पीकर, यूएसबी पोर्ट र सीम कार्ड स्लट एकै स्थानमा र डिजाइनमा रहनेछन् ।

वनप्लस ८ प्रोमा क्वाड क्यामरा सेटअप रहनेछ भने सेल्फीका लागि पन्च होल क्यामरा हुनेछ । ८प्रोमा ६.६५ इन्चको डिस्प्ले छ भने वनप्लस ८ मा ६.५ इन्चको डिस्प्ले साइज रहनेछ । यसको डिस्प्ले ९० हर्ज रिफ्रेस रेटसहित आउनेछ ।

वनप्लस ८ सिरिजले ५जी नेटवर्क पनि सर्पोट गर्ने अपेक्षा गरिएको छ र यो फोन आगामी वर्षको शुरुवातमा नै लन्च हुने अपेक्षा छ । एजेन्सी

easy care

प्रकाशित: ३ कार्तिक २०७६, आईतवार