सावधान ! यूजरलाई ब्ल्याकमेलिंगको लागि प्रतिघण्टा ३० हजार इमेल पठाउँछ यो मालवेयरले

Technology Khabar २ कार्तिक २०७६, शनिबार

सावधान ! यूजरलाई ब्ल्याकमेलिंगको लागि प्रतिघण्टा ३० हजार इमेल पठाउँछ यो मालवेयरले

काठमाडौं ।

काठमाडौं । हालै साइबर सेक्यूरिटी विज्ञहरुले हालै इमेल यूजरहरुलाई ब्ल्याकमेल गर्नको लागि भाइरसयुक्त इमेलहरु पठाउने गरिएको भेटेका छन् ।

साइबर सेक्यूरिटी कम्पनी चेक पोइन्टले बिगत ५ महिनाको अनुसन्धानपछि बगयुक्त इमेल पठाएर मानिसहरुलाई ब्ल्याकमेल गर्ने गरिएको पत्ता लगाएका हुन् । मानिसहरुको ईमेलको जानकारी हासिल गरेपछि सो मालवेयरले प्रतिघण्टा ३० हजार मेलहरु यस्तो पठाईरहेको छ जसमा सामान्य मानिसहरुलाई ब्ल्याकमेल गर्ने प्रयास गरिएको छ ।

ती मेलहरुमा यूजरको इन्टरनेट गतिबिधिलाई मनिटर गरिएको र बेबक्यामको माध्यमबाट उनको सेक्सुअल कन्टेन्टहरु लिईएको भन्दै त्यसलाई भाइरल गर्ने धम्की दिईएको हुन्छ ।

सेक्सटोर्सनको लागि पठाईने यस्ता ईमेलहरुबाट यूजरले आफ्नो जानकारी बाहिरिने आशंकामा रकमहरु भुक्तानी गर्ने गर्दछन् । ह्याकरहरुले इमेल एड्रेसहरु पत्ता लगाएर ती ईमेलहरुमा स्पाममेलहरु पठाउने गरेका हुन् ।

त्यस्ता ईमेलहरुमा पिडितहरुको पासवर्ड समेत जानकारी भएको र सम्पूर्ण गतिबिधिहरु सार्वजनिक गर्ने विषयहरु लेखिएका हुन्छन् ।

चेकप्वाइन्टले त्यस्ता आशंकायुक्त ईमेलहरु नखोल्न र सुरक्षित हुनका लागि समेत आग्रह गरेको छ । कम्पनीकाअनुसार त्यस्ता इमेलहरुमा विशेषगरि अंग्रेजीमा तपाईँको कम्प्यूटरलाई प्रभावित गरिएको छ, सबै विषयहरु जानकारीमा छन्, तपाईँको प्राइभेसी हटाईएको छ, तपाईँको जानकारी रेकर्ड गरिएकाछन्, लगायतका विभिन्न ४० प्रकारका विषयहरुसहित इमेल गर्ने गर्दछन् ।

चेकप्वाइन्टकाअनुसार त्यस्ता इमेलहरु प्रतिघण्टा ३० हजारको दरले विभिन्न मानिसहरुलाई पठाईने गरेको छ। कम्पनीकाअनुसार ह्याकरहरुको खातामा सो इमेल हेर्ने यूजरहरुले १ लाख १० हजार डलर पठाईसकेका छन् ।

‘फोरपीक्स सेक्टोर्सन’ भनिने त्यस्ता मालवेयरभएका इमेलहरु विगत १ दशकदेखि सक्रिय रहेको र हाल ४ लाख ५० हजार प्रभावित होस्टस संचालिन गरिरहेको छ । एजेन्सी

Global Bank
easy care

प्रकाशित: २ कार्तिक २०७६, शनिबार