माइक्रोसफ्टले विण्डोज फोन ८.१ को एप स्टोर डिसेम्बरदेखि बन्द गर्दै

Technology Khabar १ कार्तिक २०७६, शुक्रबार

माइक्रोसफ्टले विण्डोज फोन ८.१ को एप स्टोर डिसेम्बरदेखि बन्द गर्दै

काठमाडौं ।

काठमाडौं । माइक्रोसफ्टले आफ्नो विण्डोज फोन ८.१ को लागि संचालन गरिरहेको एप स्टोर बन्द गर्ने तयारी गरेको छ । यसअघि सन् २०१७ जुलाईमा नै विण्डोज फोन ८.१ मा काम गर्न रोकेको कम्पनीले अहिले भने आफ्नो एप स्टोर पुरै बन्द गर्ने भएको हो ।

कम्पनीले विण्डोज फोनहरुमा २ वर्षदेखि सफ्टवेयर अपडेट दिन समेत बन्द गरेको छ ।

आउँदो डिसेम्बर १६,२०१९ देखि विण्डोज फोन ८.१ यूजर्सहरुले एप स्टोरबाट कुनैपनि एपहरु डाउनलोड गर्न सक्नेछैनन् । यसको अर्थ कुनैपनि एप्स जुन तपाईँसँग यसअघि नै विण्डोज फोनमा छ र यदि त्यसलाई अनस्टल गर्नुभयो वा फोनलाई रिसेट गर्नुभयो भने पनि तपाईँले फेरी ति एप्स प्रयोग गर्न पाउनुहुनेछैन् ।

यसका साथै सो समयदेखि विण्डोज फोनहरुमा कुनैपनि एप्सले अपडेटसमेत दिनेछैनन् । यसको अर्थ प्रयोगकर्ताहरुले माइक्रोसफ्टको विण्डोज फोन प्रयोगमा समस्या वा कठिनाई भोग्नुपर्ने हुन्छ । किनकी माइक्रोसफ्टको सर्भिसहरु पनि बन्द हुनेछन् ।

अब के गर्ने भन्ने चिन्ताहरुका बिचमा तपाईँले विण्डोज १० मा अपडेट हुनसक्नुहुनेछ । बजारमा अझैपनि १७ वटा लूमिया मोडलहरु छन जसलाई विण्डोज १० मोबाइलमा अपडेट गर्न सकिन्छ । त्यसैले तपाईँको विण्डोज फोनमा पनि विण्डोज फोन ८.१ अपरेटिंग सिस्टम छ भने त्यसलाई तत्काल अपडेट गर्नुहोस् ।

तर यो ध्यानमा राख्नुहोस कि विण्डोज १० मोबाइल पनि सर्पोट छिटै बन्द हुँदैछ । केहि मोडलहरुमा यसको सपोर्ट बन्द भईसकेको छ भने अन्य सबै मोडलहरुमा यो वर्षको अन्त्यसम्ममा सपोर्ट बन्द हुनेछ । यसको सपोर्ट बन्द भएपनि एप स्टोर भने संचालनमा नै रहनेहुँदा सहज हुनेछ ।

अपरेटिंग सिस्टम अपडेट गर्नको लागि तपाईँले अपग्रेड एडभाजर एप तपाईँको विण्डोज फोनमा डाउनलोड गर्नुस वा कम्प्यूटरको माध्यमबाट अपडेट गर्न सक्नुहुनेछ तर यो काम डिसेम्बर १६ भन्दा अगाडि नै गर्नुपर्नेछ ।

यस्तो अपडेट गर्न सकिने माइक्रोसफ्ट फोनहरुमा लूमिया ४३० भन्दा माथिका मोडलहरु छन भने नोकिया लूमिया ७३० भन्दा माथिका मोडलहरु रहेका छन् ।

Global Bank
easy care

प्रकाशित: १ कार्तिक २०७६, शुक्रबार

ताजा समाचार