सामसंग ग्यालेक्सी एस १० फिंगरप्रिन्ट रिकोग्निसनको समस्या, छिटै प्याच ल्याउने कम्पनीको भनाई

Technology Khabar १ कार्तिक २०७६, शुक्रबार

सामसंग ग्यालेक्सी एस १० फिंगरप्रिन्ट रिकोग्निसनको समस्या, छिटै प्याच ल्याउने कम्पनीको भनाई

काठमाडौं ।

काठमाडौं । सामसंगले आफ्नो फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस १०मा देखिएको फिंगरप्रिन्ट रिकोग्निसनको समस्यालाई छिटै समाधान गर्ने बताएको छ ।

कम्पनीले बिहिबार ग्यालेक्सी एस १० स्मार्टफोनमा भएको फिंगरप्रिन्ट रिकोग्निसन समस्याका लागि छिटै सफ्टवेयर प्याच ल्याएर समस्या समाधान गर्ने बताएको हो ।

एक जना ब्रिटिस महिलाले सामसंगको सो समस्या भेटेकी थिईन् । उनले डिभाइसमा भएको बायोमेट्रिक डाटा रजिस्टर्ड भएपनि फोन अनलक गर्न सकेकी थिईनन् । त्यसपछि उनले थर्ड पार्टि सस्तो स्क्रीन प्रोटेक्टर राखेपछि मात्र ग्यालेक्सी एस १० स्मार्टफोन उनका श्रीमानले आफ्नो फिंगरप्रिन्टमार्फत अनलक गर्न सकेका थिए, तर सो फिंगरप्रिन्ट भने डिभाइसमा राखिएको थिएनन् ।

सामसंले एस १० को मालफंगसनिंग फिंगरप्रिन्ट रिकोग्निसनको बारेमा जानकार रहेको र छिटै सफ्टवेयर प्याच जारी गर्ने बताएको छ ।

यसअघि कम्पनीले ग्यालेक्सी एस १० सिरिज लन्च गर्दा फिंगरप्रिन्ट अथेन्टिकेसन सिस्टमलाई क्रान्तिकारी भनेर व्याख्या गरेको थियो ।

दक्षिण कोरियाको अनलाइन मात्र सेवा दिने काकाओ बैंकले आफ्ना ग्राहकहरुलाई सर्भिसहरुको लागि लगइन गर्न ग्यालेक्सी एस १० को फिंगरप्रिन्ट रिकोग्निसन सिस्टमलाई समस्या समाधान नभएसम्म बन्द गर्न भनेको छ । एजेन्सी

easy care

प्रकाशित: १ कार्तिक २०७६, शुक्रबार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार