भोल्भोको पहिलो इलेक्ट्रिक एसयुभी सार्वजनिक, ड्यूल मोटर, एक चार्जमा ४०० किलोमिटर कुद्ने

Technology Khabar १ कार्तिक २०७६, शुक्रबार

भोल्भोको पहिलो इलेक्ट्रिक एसयुभी सार्वजनिक, ड्यूल मोटर, एक चार्जमा ४०० किलोमिटर कुद्ने

काठमाडौं । स्विडिस लक्जरी कार निर्माता कम्पनी भोल्भोले आफ्नो पहिलो पूर्ण इलेक्ट्रिक कार सार्वजनिक गरेको छ । कम्पनीले हालै एक्ससी४० रिचार्ज एसयूभी प्रदर्शन गरेको छ जसमा गूगलको एन्ड्रोयड अपरेटिंग सिस्टममा आधारित नयाँ इन्फोटेन्मेन्ट सिस्टम राखिएको छ ।

भोल्भोको नयाँ इलेक्ट्रिक कारले एक पटकको पुरा चार्जमा ४०० किलोमिटरसम्मको यात्रा गर्न सकिन्छ । यसले ४०८ हर्सपावरको शक्ति उत्सर्जन गर्दछ ।

भोल्भोको एक्ससी४० रिचार्ज कारको ब्याट्री फास्ट चार्ज सिस्टममा ४० मिनेटमा ८० प्रतिशत क्षमतामा चार्ज हुन्छ । यसमा भएको इन्फोटेन्टमेन्ट सिस्टमलाई कम्पनीको डिजिटल कनेक्टेड सर्भिस प्लेटफर्म भोल्भो अन कलसँग एकिकृत गरिएको छ । भोल्भोको अन कल प्लग इनद्धारा हाइब्रिड कार चालकहरुले इलेक्ट्रिक पावरमा आधारित रहेर कतिसमय गाडि ड्राइभ गरे भन्ने जानकारी राख्दछ ।

यो गाडिमा ७८ किलोवाटको ब्याट्री प्याक राखिएको छ भने यसमा ड्यूल मोटर ३०० किलोवाट पावरट्रेन रहेको छ । भोल्भोको पहिलो इलेक्ट्रिक एसयूभीले ४.७ सेकेण्डमा नै ६० माइलको गति लिनसक्दछ । त्यस्तै यसको उच्च गति १८० किलोमिटर प्रति घण्टा रहेको छ ।

‘हामीले यसअघि पनि अनेकौं पटक भन्यौं, भोल्भो कारहरुका लागि भविश्य इलेक्ट्रिक हो,’ भोल्भोका सिईओ हाकान सामुएलसनले भने ।उनले कम्पनीको पहिलो पूर्ण इलेक्ट्रिक एक्ससी४० रिचार्ज लन्च गरेर पहिलो कदम त्यसतर्फ चालिएको बताए ।

भोल्भोले आगामी ५ वर्षसम्म प्रत्येक वर्ष पूर्ण इलेक्ट्रिक कार सार्वजनिक गर्ने बताएको छ । कम्पनीले सन् २०२५ सम्म विश्वभर कार बिक्रीमध्ये ५० प्रतिशत इलेक्ट्रिक कारहरु हुने उल्लेख गरेको छ ।

इलेक्ट्रिक गाडिहरुप्रति आकर्षण बढाउन भोल्भोले हाइब्रिड मोडलहरुमा रिचार्ज प्लग इन गर्दा १ वर्षसम्मको लागि निशुल्क विद्युत दिनेछ । सो अवधिमा औसत इलेक्ट्रिक लागत रिफण्ड गरिने कम्पनीले बताएको छ ।

कम्पनीले आगामी दिनमा पूर्ण इलेक्ट्रिक कारहरुको उत्पादन तेब्बरले वृद्धि गर्ने योजना समेत लिएको छ ।

भोल्भोले सो नयाँ गाडिको मूल्य र कहिले उपलब्ध हुनेछ भन्ने सार्वजनिक गरेकोछैन् ।

TK Viber

प्रकाशित: १ कार्तिक २०७६, शुक्रबार

Loading...