गूगलको पिक्सेल ४ सिरिजका स्मार्टफोन सार्वजनिक, यस्ता छन नयाँ विशेष फीचरहरु

Technology Khabar २९ आश्विन २०७६, बुधबार

गूगलको पिक्सेल ४ सिरिजका स्मार्टफोन सार्वजनिक, यस्ता छन नयाँ विशेष फीचरहरु
Global IME Bank

काठमाडौं ।

काठमाडौं । गूगलले आफ्नो हार्डवेयर इभेन्टमा नयाँ स्मार्टफोन पिक्सेल ४ र पिक्सेल ४ एक्सएल लन्च गरेको छ । कम्पनीले नयाँ स्मार्टफोनहरुका साथमा विशेषगरेर प्रोजेक्ट सोलीमा ध्यान दिएको छ । गूगलको नयाँ स्मार्टफोन पहिलो फोन हो जसमा राडार सेन्सर दिईएको छ । यसमा विश्वको सबैभन्दा फास्ट फेस अनलक फीचर राखिएको कम्पनीको दाबी छ ।

गूगलले यी दुबै स्मार्टफोनहरुमा स्न्यापड्रागन ८५५ चीपसेट प्रयोग गरेको छ भने यसमा ६ जीबी र्यामका साथमा ६४ जीबी र १२८ जीबी आन्तरिक स्टोरेज राखिएको छ ।

गूगलले पहिलो पटक पिक्सेल फोनमा ड्यूल रियर क्यामरा प्रयोग गरेको छ जसमा फोटोको लागि १२ मेगापिक्सेल प्लस १६ मेगापिक्सेलको क्यामरा रहेको छ । यी क्यामराहरु स्क्वायर मोडूल डिजाइनमा रहेका छन् । गूगलले क्यामराका साथमा नयाँ अल्गोरिदम पनि ल्याएको छ जसले डिजिटल जूमको गुणस्तरमा सुधार गर्दछ । यसबाहेक लाइभ एचडिआर प्लस फंगसन पनि राखिएको छ । पिक्सेल ४ सिरिजको रियर क्यामराले फोर के भिडियो खिच्न सक्दछ भने फ्रन्ट क्यामराले १०८० पिक्सेलमा खिच्दछ । यसमा ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।

गूगलले पिक्सेल ४ सिरिजमा नयाँ गुणस्तरको डिस्प्ले ल्याएको छ जसमा ९० हर्जको रिफ्रेस रेट रहेको छ । पिक्सेल ४ मा ५.७ इन्चको ओएलईडी फूलएचडी प्लस डिस्प्ले छ भने पिक्सेल ४ एक्सएलमा ६.३ इन्चको ओएलईडी क्यूएचडी प्लस डिस्प्ले रहेको छ । दुबैमा एम्बिएन्ट ईक्यू टेक्नोलोजी प्रयोग गरिएको छ । यसको डिस्प्ले डिजाइनमा पनि केहि परिवर्तन गरिएको छ । र यो हेर्दा परम्परागत र आधुनिक डिस्प्लेको समिश्रण जस्तो देखिन्छ ।

पिक्सेल ४ सिरिजमा स्मार्टफोन लक भएको अवस्थामा पनि मोशन सेन्स काम गर्दछ । यसमा जेस्चर कन्ट्रोल फीचर छ जसले गर्दा फोनलाई नछोईकन नै केवल हावामा हात चलाएर यसलाई कन्ट्रोल गर्न सकिन्छ । यी सबै फीचरहरु प्रोजेक्ट सोलीको अन्तरगत आउँछ ।
पिक्सेल ४ सिरिज तीन कलर भेरिएन्टमा आउँछ जसमा ब्ल्याक, क्लियरली ह्वाइट, ओह सो अरेन्ज छ ।

यो फोनमा भएका डाटाहरु डिलिट गर्नका लागि गूगल असिस्टेन्टको प्रयोग गर्न सकिन्छ । कम्पनीले यूजर प्राइभेसीलाई ध्यान दिएको उल्लेख गरेको छ । यसमा राखिएको थ्रीडी फेसियल अनलकिंगमा पनि डाटा सेक्यूरिटीलाई ध्यान दिईएको बताईएको छ ।

पावरका लागि पिक्सेल ४ एक्सएलमा ३,७०० एमएएचको ब्याट्री प्याक छ भने पिक्सेल ४ मा २,८०० एमएएचको ब्याट्री प्याक रहेको छ । फोन चार्जको लागि गूगलले १८ वाटको चार्जर दिईने छ ।

पिक्सेल ४ सिरिजमा ब्लूटूथ ५.०, एनएफसी, वाईफाई, टाइप सी पोर्ट, फींगरप्रिन्ट स्क्यानर, लगायतका सुविधा छन् ।

एन्ड्रोयड १० मा आधारित पिक्सेल ४ को शुरुवाती मूल्य ७९९ र पिक्सेल ४ एक्सएसको शुरुवाती मूल्य ८९९ अमेरिकी डलर रहेको छ । यो फोन अक्टोबर २४ देखि उपलब्ध हुनेछ ।

Sajilo Visa

प्रकाशित: २९ आश्विन २०७६, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार