चीनको ह्वावे भारतसँग ‘नो ब्याकडोर’ सम्झौता गर्न तयार, ५जी नेटवर्कमा सहभागी हुन इच्छुक

काठमाडौं । चिनियाँ टेक कम्पनी ह्वावे टेक्नोलोजीजले भारतसँग सेक्यूरिटीको चासो सम्बोधन गर्नका लागि नो ब्याकडोर सम्झौता गर्न तयार भएको छ ।

कम्पनीका भारतीय प्रमुखले नयाँ पुस्ताको ५जी नेटवर्क लन्च गर्ने तयारी गरिरहेको बेला यस्तो सम्झौता गर्न पनि तयार भएको बताएका हुन् ।

भारतमा आयोजना भईरहेको इण्डिया मोबाइल कंग्रेसको अवसर पारेर ह्वावेका भारतीय बजार प्रमुख जय चेनले आफू शुरुदेखि नै भारतको बजारले ह्वावेलाइृ स्वागत गर्ने विश्वस्त रहेको बताए । उनले आफू हस्ताक्षर गर्न तयार भएको समेत बताएका छन् ।

चीनको सेनझेनमा मुख्यालयरहेको ह्वावेलाई अमेरिका, अष्ट्रेलिया, न्यूजिल्याण्ड लगायतका मुलुकहरुले कालोसूचीमा राखेका छन् ।

विश्वभर टेलिकम उपकरण बजारको २८ प्रतिशत शेयर ओगट्ने कम्पनीले भारतसँग नजिकमा रहेको ५जी सोलुसन, नेटवर्क सेक्यूरिटीमा काम गरिरहेको छ ।

भारतले आगामी सन् २०२० मार्चसम्ममा ५जी सर्भिस लन्च गर्ने योजना लिएकोछ ।

‘यदि सरकारले चाहन्छ भने हामी सोर्स कोडहरु नै उपलब्ध गराउने बारेमा खुलाछौं,’ उनले भने । चेनले आगामी दिनमा स्थानियस्तरमा भारतमा नै टेलिकम उपकरणहरु उत्पादन गर्ने चाहना समेत रहेको बताए ।

भारतमा टेलिकम क्यारियरहरु भारती एयरटेल र भोडाफोन आइडियाले ह्वावेका साथसाथै नोकिया र एरिक्सनका उपकरणहरु आफ्नो २जी, ३जी र ४जी नेटवर्कहरुका लागि प्रयोग गर्दै आएका छन् । रोयटर्सबाट