टिभिएसले भाइवरको साथमा फेरि ल्यायो डाउनलोड एण्ड विन चाडपर्व अफर

Technology Khabar २८ आश्विन २०७६, मंगलवार

टिभिएसले भाइवरको साथमा फेरि ल्यायो डाउनलोड एण्ड विन चाडपर्व अफर

काठमाडौं ।

काठमाडौं । नेपालका लागि टिभिएसको आधिकारीक बितरक जगदम्बा मोटर्स प्रालिले म्यासेन्जिंग एप्लिकेशन भाइवरमार्फत डाउनलोड एण्ड विन चाडपर्व योजना ल्याएको छ ।

यो प्रतियोगितामा सहभागी जनाउन प्रयोगकर्ताले भाइवरको स्टीकर बजारबाट टिभिएस बाइकर्स मेनिया स्टीकर प्याक डाउनलोड गर्नुपर्दछ ।

विजेताहरु लक्की ड्रमार्फत चयन गरिने र उनीहरुले आकर्षक उपहार साथै एक जना भाग्यशाली विजेताले बम्बर उपहार स्वरुप टिभिएस जुपिटर क्लासिक प्राप्त गर्नेछन् । यो अभियान २६ सेप्टेम्बरबाट शुरु भएर २ महिनासम्म जारी रहने कम्पनीले जनाएको छ ।

जगदम्बा मोटर्स प्रा.लि.का एमडी शाहिल अग्रवालले भने, ‘हामी सदैव हाम्रा ग्राहकहरुलाई अतिरिक्त लाभ प्रदान गर्न नयाँ तथा नविनतम योजना ल्याइरहेका छौं जुन हाम्रो बिक्र्रीसँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जोडिएको छ । हामीलाई विश्वास छ कि यो प्रयासलाई सबैले प्रशंसा गर्नेछन् र हामीले अत्याधिक प्रतिक्रियाहरु प्राप्त गर्नेछौं ।’

राकुटेन भाइवरका सिनियर डाइरेक्टर विजनेस डेभलपमेन्ट, एपीएसी, अनुभव नायरले भने, ‘हामी यो चाडपर्व अफरमार्फत नेपाली प्रयोगकर्तालाई थप खुशी प्रदान गर्न टिभिएससँग फेरि काम गर्न पाउँदा निकै प्रसन्न छौं । नेपाल राकुटेन भाइवरका लागि निकै महत्वपूर्ण बजार हो र हामी हाम्रा प्रयोगकर्ताका लागि थप मुल्यवान बनाउन सधै खुशी छौं ।’

Global Bank
easy care

प्रकाशित: २८ आश्विन २०७६, मंगलवार

ताजा समाचार