शौचालयमा जाँदा पनि सँधै स्मार्टफोन प्रयोग गर्नुहुन्छ ? होस गर्नुस पाइल्स हुन सक्दछ

काठमाडौं । के तपाईँ शौचालयमा जाँदा पनि स्मार्टफोन प्रयोग गर्नुहुन्छ ? शौचालयमा दिसापिसाव गरिरहेको बेला पनि स्मार्टफोन प्रयोग गर्नुहुन्छ ? यदि गर्नुहुन्छ भने होस गर्नुस तपाईलाई पाइल्स हुन सक्दछ ।

ट्वाइलेटमा मोबाइल प्रयोग गर्ने बानीका कारण तपाईँलाई पाइल्स रोग हुन सक्नेछ । हालै स्वास्थ्य अनुसन्धानकर्ताहरुले ट्वाइलेटमा मोबाइल फोन प्रयोग गर्नेहरुले धेरै समय बिताउने हुँदा उनीहरुलाई पाइल्सको जोखिम हुने बताएका छन् ।

अधिकांश मानिसहरुले आफू शौचालय जाँदा पनि इमेल हेर्न वा सामाजिक संजालहरुको अपडेट गर्नका लागि स्मार्टफोन साथै प्रयोग गरिरहेका हुन्छन् । तर केहि मानिसहरु मात्र त्यसले पार्ने खतरनाक असरको बारेमा जानकार हुने गरेको स्वास्थ्य विज्ञहरुले बताएका छन् ।

दिसा गर्ने बेलामा मोबाइल हेर्ने बानीले पाइल्सको जोखिम बढाउने बताइएको छ । मोबाइल हेर्दै दिसा गर्दा लामो समय लाग्ने र त्यसबेला मलद्धारका रक्तनलीहरुमा चाप बढ्दा पाइल्सको जोखिम बढ्ने विज्ञहरुको भनाई छ । यसले पाइल्स तथा मलद्वारमा घाउ हुने, सुन्निने र रगत बग्ने लगायतका समस्या पनि देखा पर्ने  स्वास्थ्य विज्ञहरुले बताएका छन्।

बेलायतमा गरिएको एक अध्ययनअनुसार ५७ प्रतिशत बेलायतीले ट्वाइलेटमा मोबाइल प्रयोग गर्दछन् । त्यसमध्ये ८ प्रतिशतले त सँधै नियमितरुपमा ट्वाइलेटमा मोबाइल चलाउने गरेको बताएका छन् ।

विज्ञहरुले विशेषगरी ट्वाइलेट बस्दा धेरै समय लगाउन नहुने सुझाब दिएका छन् । उनीहरु मोबाइल चलाउनु मात्र हानिकारक नभई  अरु नै कारणले लामो समय ट्वाइलेटमा बिताउने गर्नाले पनि पाइल्सको जोखिम बढ्ने बताउँछन् ।

माध्यम