Technology Khabar २८ आश्विन २०७६, मंगलवार
काठमाडौं ।
काठमाडौं । विश्वभर इमोजी प्रयोगको क्रम बढिरहेको छ । साना साना डिजिटल इमेजहरुमार्फत आफ्नो चाहनालाई व्यक्त गर्नको लागि इमोजी (Emoji) को प्रयोग हुने गर्दछ ।
विश्वभर इमोजीको प्रचलन बढिरहँदा गएको जुलाईमा वल्र्ड इमोजी डे समेत मनाउने गरिन्छ ।
इमोजीको प्रयोग मेसेज पठाउने देखि फेसबुक ट्विटरलगायतका सामाजिक संजालहरुमा आफ्ना भावना प्रस्तुत गर्नको लागि समेत प्रयोग हुने गरेको छ ।
हालै युनिकोड कन्सोर्टियमले विश्वभर प्रयोग हुने प्रमुख इमोजीहरुको सूची सार्वजनिक गरेको छ ।
यहि साता सो संस्थाले पहिलो पटक आफ्नो आन्तरिक डाटा सार्वजनिक गरेको हो । युनिकोड कन्सोर्टियम यूनिकोड स्ट्याण्डर्ड कायम गर्नको लागि जिम्मेबार रहँदै आएको छ । जसले इनकोडिंग र टेक्स्ट, सिम्बोल र इमोजीहरुको डिजिटल प्रतिनिधित्व काम गर्दछ ।
सो संस्थाकाअनुसार विश्वभर सबैभन्दा धेरै स्माईलिंग फेसको इमोजी प्रयोग हुने गर्दछ । सूचीको पहिलो नम्बरमा ‘फेस विथ टिअर्स अफ जोय’ अर्थात हाँस्दा हाँस्दै आँसु आएको इमोजी रहेको छ । त्यसपछिको नम्बरमा रातो रंगको मुटुको आकार रहेको छ भने सूचीको १० औं नम्बरमा ‘थम्स अप’को इमोजी रहेको छ ।
यी इमोजीहरुको र्याकिंग सूची इमोजीहरुको विभिन्न सोर्सहरुमा प्रयोगको आधारमा गरिएको हो । सो कन्सोर्टियमले प्रमुख इमोजीहरु कति प्रतिशत प्रयोग भएका थिए भन्ने समेत जानकारी दिएकोछ ।
एकैदिनमा नै फेसबुकमा मात्रै लाखौं इमोजीहरु पठाईने गरिन्छ । त्यसैले यसको प्रयोग बढिरहँदा नयाँ नयाँ इमोजीहरु पनि आईरहेका छन् । तर संस्थाकाअनुसार नयाँ इमोजीहरुको प्रयोग भने एकदमै कम हुने गरेको छ ।
अब तपाईँको मनपर्ने इमोजी कुन हो त ? हामीलाई कमेन्टमा भन्न सक्नुहुन्छ ।
प्रकाशित: २८ आश्विन २०७६, मंगलवार