नोकियाले आफ्नो पहिलो ५जी स्मार्टफोनमा काम गर्दै, मिड रेन्ज सिरिजमा ५जी फोन आउने

काठमाडौं । स्मार्टफोन ब्राण्ड नोकियाले हालै बजारमा ७.२ र ६.२ मोडलका स्मार्टफोनहरु लन्च गरेको थियो । अब भने कम्पनीले ५जी प्रविधियुक्त स्मार्टफोनहरु ल्याउने तयारी गरिरहेकोछ ।

पछिल्ला दिनहरुमा हरेक समयजसो नयाँ ब्राण्डहरुले ५जी स्मार्टफोन ल्याउने समाचारहरु आईरहेका छन् । यसमा गूगलको पिक्सेल फोनको नाम पनि जोडिएको छ । यहि श्रृंखलामा नोकिया पनि जोडिएको छ जसले ५जी कनेक्टिभिटी भएको स्मार्टफोन ल्याउने योजना गरेको छ ।

अधिकांश ५जी स्मार्टफोनहरु फ्ल्यागपिश र प्रिमियम मोडलमा भएको बेला नोकियाले भने साधारण मानिसहरुले प्रयोग गर्न सक्नेगरि ५जी फोन ल्याउन लागेको हो । जसमा मिड रेन्जका फीचरहरु हुनेछन भने डिजाइनको बारेमा भने केहि जानकारी आएको छैन् ।

चिनियाँ सोसियल साइट वेबोमा आएको जानकारीअनुसार नोकियाको नयाँ फोन नोकिया ८.२ ५जी हुनेछ । यो मिडि रेन्जमा आउने स्मार्टफोन हो भने कम्पनीले यो फोनलाई विदआउट फ्रेम्स अथवा अल स्क्रीन डिजाइनमा ल्याउने पहिलो स्मार्टफोन पनि हुनेछ । यो फोनमा नोच वा कुनै होल हुनेछैन किनकी यसको फ्रन्ट क्यामरा पप अप डिजाइनमा आउनेछ ।

नोकियाको ५जी फोनमा पछाडिको भागमा ४ वटा क्यामराहरु हुनेछन भने यसमा क्वालकम स्न्यापड्रागन ७३५ ५जी प्रोसेसर राखिनेछ ।