ठूला पेमेन्ट कम्पनीहरुद्धारा फेसबुकको लिब्रा करेन्सी त्यागेको घोषणा

Technology Khabar २७ आश्विन २०७६, सोमबार

ठूला पेमेन्ट कम्पनीहरुद्धारा फेसबुकको लिब्रा करेन्सी त्यागेको घोषणा

काठमाडौं ।

काठमाडौं । सोशल मिडिया फेसबुक इंकले ल्याउने भनेको ग्लोबल डिजिटल करेन्सी ‘लिब्रा’ मा थप कम्पनीहरुले सहभागिता नहुने घोषणा गरेका छन् ।

लिब्रा करेन्सी संचालनको लागि स्थापना गरिएको लिब्रा एसोसिएसनका संस्थापक सदस्यहरु मध्येका मास्टरकार्ड र भीसा इंकले हालै सो प्रोजेक्ट त्यागेको घोषणा गरेका हुन् । यसबाहेक पेमेन्ट फर्म स्ट्राइप इंक, ईबे इंक र ल्याटिन अमेरिकी पेमेन्टस कम्पनी मार्कोडो पेजोले पनि सो प्रोजेक्ट छोडेका छन् । यसअघि सबैभन्दा पहिले पेमेन्ट प्लेटफर्म पेपाल होल्डिंग्स इंकले सो प्रोजेक्ट छोडेको थियो ।

नयाँ घोषणाले लिब्रा एसोसिएसनलाई निकै ठूलो धक्का लाग्ने अनुमान गरिएको छ ।

भीसाले अहिलेको समयमा लिब्रा एसोसिएसनमा आबद्ध नहुने निर्णय गरेको छ। ‘हामी निरन्तर मूल्यांकन गर्नेछौं र हाम्रो अन्तिम निर्णय विभिन्न तत्वहरु, जसमा एसोसिएसनको नियमनकारी निकायले अपेक्षा गरेको सम्पूर्ण भावनाहरुलाई पूर्णरुपमा संन्तुष्ट पार्नु पनि रहेको छ,’ कम्पनीको स्टेटमेन्टमा भनिएको छ ।

यो प्रोजेक्टको बारेमा अमेरिका र युरोपेली देशहरुले निकै चर्को विरोध र आशंकाहरु व्यक्त गरिएको छ । नियमनकारीहरुले विभिन्न चासो लिब्रामाथि गरेका छन जसमा सम्पत्ति शुद्धिकरण, गोपनियता, उपभोक्ताहरुको सुरक्षा र वित्तीय संतुलनलगायतका विषयहरु छन् ।

लिब्रा एसोसिएसनले भने लिब्रा प्रोजेक्टलाई गरिएको समर्थन र सहयोगको लागि स्वागतयोग्य भनेको छ । यदपि एसोसिएसनका सदस्यहरुको निर्माण समयक्रमसँगै बढ्ने र परिवर्तन हुन्छ, लीब्राको गर्भनेन्स र टेक्नोलोजीकोको डिजाइन सिद्धान्त, यससँग आबद्ध खुला प्रकृतीको प्रोजेक्टले गर्दा लिब्रा पेमेन्ट नेटवर्क निरन्तर रहनेछ, स्टेटमेन्टमा भनिएको छ ।

easy care

प्रकाशित: २७ आश्विन २०७६, सोमबार