अब विण्डोज कम्प्यूटरबाटै एन्ड्रोयड स्मार्टफोनबाट गरिने फोन कल नियन्त्रण गर्न सकिने

Technology Khabar २४ आश्विन २०७६, शुक्रबार

अब विण्डोज कम्प्यूटरबाटै एन्ड्रोयड स्मार्टफोनबाट गरिने फोन कल नियन्त्रण गर्न सकिने

काठमाडौं ।

काठमाडौं । अब एन्ड्रोयड स्मार्टफोनबाट गरिने फोन कललाई पर्सनल कम्प्यूटरमार्फत नियन्त्रण गर्न सकिने भएको छ । यसकोे लागि माइक्रोसफ्टको विण्डोज अपरेटिंग सिस्टममा योर फोन एप्लिकेसन आउने भएको छ ।

रेडमण्ड कम्पनीले विण्डोज १० को बिल्ड १८९९९ रिलिज गरेको छ जसले यो सुविधा उपलब्ध गराउने छ । हाल यसको नयाँ भर्सनको बीटा टेस्ट कार्यक्रम संचालन भईरहेको छ । यसअघिको भर्सनमा कल फंगसन राखिएको थियो जसले एन्ड्रोयड स्मार्टफोनको कलहरुलाई कम्प्यूटरबाटै व्यवस्थापन गर्न सकिनेछ ।

दुईवटा डिभाइसहरुलाई एक आपसमा संयोजन गरेर सम्पूर्ण कलहरुसँग सम्बन्धित कार्यहरु स्मार्टफोन बिना नै गर्न सकिने छ ।

माइक्रोसफ्टले यसलाई विशिष्टिकृत गर्दै यसले कलको जवाफ दिने, एपमा डायलरको रुपमा प्रयोग गर्ने, आगमन कललाई संदेश पठाएर काटन सकिने वा आन्सरिंग मशिनमा त्यसलाई पठाउन सकिने लगायतका सुविधाहरु हुने उल्लेख गरेको छ । यसका साथै रिसेन्ट कल हिस्ट्री समेत हेर्न सकिने सुविधा हुनेछ ।

यसका अतिरिक्त फोन कलहरुलाई बिना कुनै अवरोध कम्प्यूटर र फोनबिच आदानप्रदान गर्न सकिनेछ ।यो एपको इन्टरफेस स्काईपको स्टाइजका साथमा आउँछ । तर यो एप प्रयोग गर्नका लागि तपाईँको स्मार्टफोन कम्तिमा एन्ड्रोयड ७.० नूगट भर्सन वा त्यो भन्दा नयाँ भर्सनमा आधारित हुनुपर्नेछ । र तपाईँको कम्प्यूटरमा ब्लूटूथ कनेक्टिभिटी हुनुपर्नेछ ।

यो एप र फीचरहरु विण्डोज १० बिल्ड १८३६२।३५६ भएको कम्प्यूटरमा मात्र उपयोग गर्न सकिने छ ।

हाल सिमित यूजर्सलाई मात्र उपलब्ध गराईएको यो फंगसन सार्वजनिक प्रयोगमा आउन भने केहि समय अझै कुर्नुपर्नेछ । संभवत यो नयाँ फंगसन विण्डोज १० को आगामी स्थाई भर्सनमा एकिकृत गरिनसक्ने संभावना रहेको छ ।

Global Bank
easy care

प्रकाशित: २४ आश्विन २०७६, शुक्रबार

ताजा समाचार