Technology Khabar २४ आश्विन २०७६, शुक्रबार
काठमाडौं ।
काठमाडौं । भिडियो गेम फ्रेन्चाईज ‘कल अफ ड्यूटी’ को मोबाइल भर्सन लन्च भएको एक साताभित्रै १० करोड भन्दा बढि डाउनलोड हुन पुगेको छ ।
एप्सको बारेमा जानकारी दिने सेन्सर टावरकाअनुसार यसअघिका मोबाइल गेमहरु ‘फोर्टनाइन’ र ‘प्लेयरअननोन्स ब्याटलग्राउण्ड (पबजी)’ को जस्तै अहिलेपनि यो मोबाइल गेममा निकै ठूलो क्रेज देखिएको छ ।
यसअघि पबजी, फोर्टनाइट र एपेक्स लिजेन्ड गेमको क्रमशः २६.३ मिलियन, २२.५ मिलियन र २५ मिलियन डाउनलोड पहिलो साताभित्रै भएको थियो ।
प्लेयरमा आधारित भएर हेर्दा इतिहासमै सबैभन्दा ठूलो गेम लन्चको रुपमा कल अफ ड्यूटी मोबाइल गेम आएको सेन्सर टावरले उल्लेख गरेको छ ।
एक्टिभिजन ब्लिजार्ड इंकले अक्टोबर १ मा ‘कल अफ ड्यूटीःमोबाइल’ गेमिंग एप लन्च गरेको थियो । र हालको डाउनलोड संख्या सो अवधिमा एप्पलको एप स्टोर र गूगल प्ले स्टोरको जोडेर आएको हो ।
यसलाई फस्ट पर्सन सूटर गेमको रुपमा ल्याईएको छ, जसमा गेमरहरुलाई ‘एलाइट’ सिपाहीहरुलाई विश्वको विभिन्न भागमा खोजेर ‘सुट’ गर्न अनुमति दिन्छ ।
सो मोबाइल गेम अमेरिकामा सबैभन्दा धेरै डाउनलोड भएको थियो, जहाँ १७ प्रतिशत डाउनलोड लन्च भएको सातामा भएको छ भने त्यसपछि पबजीको निकै क्रेज भएको देश भारतमा धेरै डाउनलोड देखिएको छ ।
चीनको इन्टरनेट जायन्ट टेनसेन्ट होल्डिंग्स लिमिटेडले मोबाइल भर्सनका लागि बनाएको सो गेमिंग एपको नयाँ कन्सोल एडिसन भने अक्टोबर ५ मा लन्च हुनेछ ।
यसैबिच कल अफ ड्यूटीलाई बहिस्कार गर्ने अभियान समेत शुरु भएको छ । साे गेम सार्वजनिक गर्ने कम्पनी एक्टिभिजनले एक गेमरलाई हंगकंगमा जारी आन्दाेलनको समर्थन गरेको आराेपमा १२ महिनाको प्रतिबन्ध लगाएपछि बहिस्कार अभियान शुरु भएको हो । जसमा गेमरहरु सहित डेभलपरहरु पनि सामेल छन् ।
एजेन्सी
यो पनि हेर्नुस्-
बहुप्रतिक्षित मोबाइल गेम ‘कल अफ ड्यूटीः मोबाइल’ सार्वजनिक, पहिलो दिन नै टप ट्रेण्डिंगमा
प्रकाशित: २४ आश्विन २०७६, शुक्रबार