गूगलले २०२० देखि एन्ड्रोयड १०मा आधारित स्मार्टफोनमा मात्र सर्भिस दिने- रिपोर्ट

Technology Khabar २४ आश्विन २०७६, शुक्रबार

गूगलले २०२० देखि एन्ड्रोयड १०मा आधारित स्मार्टफोनमा मात्र सर्भिस दिने- रिपोर्ट

काठमाडौं ।

काठमाडौं । आगमी वर्षदेखि संभवत एन्ड्रोयड स्मार्टफोन बनाउने कम्पनीहरुले आफ्ना सबै नयाँ स्मार्टफोनहरुमा एन्ड्रोयडको नयाँ अपरेटिंग सिस्टम दिनेछन् । गएको सेप्टेम्बर १० मा लन्च भएको एन्ड्रोयड १० हाल केहि कम्पनीहरुले मात्र आफ्नो नयाँ स्मार्टफोनहरुमा उपलब्ध गराएका छन् ।

तर हालै आएको रिपोर्टअनुसार आगामी वर्षदेखि सबै एन्ड्रोयड स्मार्टफोनहरुमा एन्ड्रोयड १० ओएस आउन सक्नेछ । जनवरी ३१ तारिख २०२० देखि गूगल स्मार्टफोन मेकर्सलाई गूगलले आफ्नो मोबाइल सर्भिसहरु प्रयोग गर्न दिनेछ जसले आफ्नो सफ्वेयरलाई एन्ड्रोयड १० मा कस्टमाइज गर्नेछन्, एक्सडिए डेभलपर्सको रिपोर्टमा उल्लेख छ ।

गूगलले यो कदमबाट स्मार्टफोन बनाउने सबै कम्पनीहरुसँग यूजर्सलाई नयाँ सफ्टवेयर अपडेट्स दिन भन्नेछ । यी अपडेट्समा सिक्योरिटी अपडेट्स पनि समावेश छ जसले स्मार्टफोनको सिक्योरिटीको लागि प्रमुख रहन्छ ।

रिपोर्टअनुसार गूगलको डकुमेन्टमा एन्ड्रोयड विल्ड ३१ जनवरी भन्दा पहिले अप्रुभ भएको हुनुपर्नेछ, यसको अर्थ कम्पनीहरुले केहि अवस्थासम्म पुराना एन्ड्रोयड भर्सनका साथ फोन लन्च गर्न सक्नेछन तर यसको लागि उनीहरुले पहिले नै सफ्टवेयर तयार गर्नुपर्ने हुन्छ ।

यसबाहेक गूगलले एन्ड्रोयडको बारेमा केहि अनुमतिहरुमा परिवर्तन गर्ने तयारी समेत गरिरहेको छ । एक्सडिए डेबलपर्सकाअनुसार सेप्टेम्बर ३ २०१९ पछि लन्च भएका एन्ड्रोयड ९ पाई र एन्ड्रोयड १० मा आधारित स्मार्टफोनहरुमा पेरेन्ट कन्ट्रोलका साथ डिजिटल वेलबिईँग पनि दिईनेछ । मोबाइल निर्माता गर्ने कम्पनीहरुले गूगल डिजिटल वेलबिईँग एपलाई इनबिल्ट दिनका लागि अप्सन दिनसक्नेछन्।

एक्सडिए डेभलपर्सको रिपोर्टमा जीएसएम गाइडलाइनको अन्तरगत स्मार्टफोन निर्माता कम्पनीहरुका लागि यूएसबी टाइप सी भएका स्मार्टफोन लन्च गर्न अनिवार्य हुने उल्लेख छ । एजेन्सी

Sajilo Visa

प्रकाशित: २४ आश्विन २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार