अरुको कोड नक्कल गर्ने कोडरहरुले जोखिमयुक्त एप्स बनाउने- अध्ययन रिपोर्ट

काठमाडौं । अल्छे एप्स डेभलपरहरु जसले ‘ट्रिकी प्रोग्रामिंग’ समस्याहरुका लागि नक्कल गरेर एप्स बनाउँछ, ती एप्सहरु जोखिमयुक्त हुने गरेका छन् ।

कम्प्यूटर वैज्ञानिकहरुको एक समूहले हालै ७२ हजार कोडहरुको अंग स्टाक ओभरफ्लो वेबसाइटहरुमा पत्ता लगाएका छन् ।

ती साइटहरु डेभलपरहरुका बिचमा लोकप्रिय रहेका छन जसले ब्रोकन कोडलाई समाधान गर्ने उत्कृष्ट मार्गको बारेमा सुझाव दिने गरेको अनुसन्धानमा भेटिएको छ ।

तर अनुसन्धानकर्ताहरुले त्यस्ता प्रतिरुपका कोडहरुमा बेसिक चेकको अभाव रहेको पत्ता लगाएका छन् जसले सामान्य आक्रमणलाई समेत रोक्दछ ।

‘खतरनाक कोडहरुको भागले प्रायजसो प्रचलनमा नरहेका कार्यहरु प्रयोग गर्दछ, जसले यूजरको रेस्पोन्सलाई सानो रुपमा परीक्षण गर्दछ र एप्लिकेसनलाई ब्रेक गर्ने प्रयास बारेमा हेर्दैन,’ अध्ययनरिपोर्टले भनेको छ ।

अनुसन्धानकर्ताहरुले एउटा वेबसाइटमार्फत त्यसलाई हेरेका थिए जहाँ अधिकांश डेभलपरहरुले आफ्ना एप्स र प्रोग्रामहरुका पछाडि कोडहरु अपलोड र शेयर गर्ने गर्दछन् ।

सबैभन्दा धेरै प्रयोग भएको असुरक्षित कोड ब्लकहरु २,८०० पटक छुट्टाछुट्टै प्रोजेक्टहरुमा गीटहव वेबसाइटमा रहेको उनीहरुले पत्ता लगाएका थिए।

क्यानाडा र इरानका विश्वविद्यालयका विज्ञहरुसहितको अनुसन्धान समूहले विशेषगरी सी प्लस प्लस प्रोग्रामिंग भाषामा ध्यान दिएका थिए, जुन फरक फरक किसिमका प्रोजेक्टहरुमा प्रयोग भएका थिए, जसमा साना प्रोग्रामहरुदेखि ठूला बितरण सिस्टमसहितका प्रोग्रामहरु पर्दछन् ।

समूहले गीटहबमा समस्याग्रस्त कोडहरुको अंग प्रयोगकर्ताहरुलाई सूचित गरेका छन जसले उनीहरुको एप्स र प्रोग्रामहरुमा सेक्यूरिटी जोखिम बढाउन सहयोग गरेकोछ ।

सूचित गरेका मध्ये केबल १३ प्रतिशत डेभलपरहरुले मात्र सम्पर्क गरेको थिए र उनीहरुले सो कोड समाधान गरेको बताएका थिए । त्यस्तै समान संख्याका डेभलपरहरुले भने सो बगलाई हल गर्न अनिच्छुक देखिएका थिए ।

अन्य ४० प्रतिशतले भने कोड सुरक्षित रहेको र यूजर्सले त्यसलाई एक पटक एप्स संचालनमा आएपछि परिवर्तन गर्न नसक्ने कारण देखाएका थिए । एजेन्सी

Leave a Reply