टिकटकलाई टक्कर दिन गूगलले सोसियल भिडियो शेयरिंग प्लेटफर्म फायरवर्क किन्न सक्ने

काठमाडौं । गूगलले सोसियल भिडियो एप फायरवर्कलाई किन्ने बारेमा विचार गरिरहेको रिपोर्ट आएको छ । चिनियाँ सोसियल भिडियो शेयरिंग प्लेटफर्म टिकटकलाई टक्कर दिनको लागि गूगलले अमेरिकी कम्पनी फायरवर्क खरिद गर्ने बारेमा रुची देखाएको हो ।

वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार चिनियाँ माइक्रो ब्लगिंग साइट वेबोले पनि फायरवर्कलाई किन्ने बारेमा रुची देखाएको थियो तर गूगलसँगको कुराकानी भने अगाडि बढेको छ ।

क्यालिफोर्नियामा आधारित फायरवर्क गत महिना मात्र भारतको बजारमा प्रवेश गरेको थियो जहाँ ठूलो संख्यामा टिकटकका यूजर्सहरु छन् ।
फायरवर्कलाई यहि वर्ष रकम संकलनको अवधिमा १०० मिलियन डलरको मूल्यांकन गरिएको थियो । बजार प्रतिस्पर्धी कम्पनी टिकटक जसलाई बेईजिङ्गको कम्पनी बाइटडान्सले निर्माण गरेको हो, त्यसको मूल्य ७५ बिलियन रहेको छ ।

फायरवर्कलाई लूप नाउ टेक्नोलोजीजले एप्स सूईटको एउटा भागको रुपमा सिर्जना गरेको थियो । यो स्टार्टअपले नयाँ पुस्ताका मोबाइल एप्लिकेसन्स उपभोक्ताहरुलाई ध्यानमा राखेर आएको थियो ।

टिकटक जस्तै यसको प्लेटफर्ममा पनि १५ सेकेण्डको भिडियो पोस्ट गर्न यूजर्सलाई अनुमति दिईन्छ । यसबाहेक फायरवर्कले यूजर्सलाई ३० सेकेण्डको भिडियो सिर्जना गर्न दिन्छ र यसको आफ्नो पेटेन्ट पेण्डिंग टेक्नोलोजीद्धारा यूजर्सलाई ठाडो र तेस्रो दूबै प्रकारले मोबाइल डिभाइसबाटै एक सटमा भिडियो सिर्जना गर्न अनुमति प्रदान गर्दछ ।

यो एप आईओएस र एन्ड्रोयड स्मार्टफोनहरुका लागि उपलब्ध छ र यसका लाखौं रजिस्टर्ड यूजर्स छन् ।

Leave a Reply