तपाईँको एन्ड्रोयड स्मार्टफोनमा यी चार किसिमका एप्स नराखेकै राम्रो, हानिकारक एप्स गर्नुस् डिलीट

काठमाडौं । स्मार्टफोनका लागि विभिन्न किसिमका एप्स स्टोरमा उपलब्ध रहेका छन् । अझ तपाईँ एन्ड्रोयड प्रयोगकर्ता हुनुहुन्छ भने फरक फरक किसिमका एप्स डाउनलोड गर्ने अवसरहरु रहन्छन् ।

तर यदि तपाईँ एन्ड्रोयड स्मार्टफोन प्रयोगकर्ताहरु हुनुहुन्छ भने तपाईँलाई यी ४ किसिमका एप्सहरु आफ्नो स्मार्टफोनबाट हटाउन सुझाव दिन्छौं ।

किनकी यी एप्सहरुले निकै ठूला दाबीहरु गर्दछन तर तिनिहरुले तपाईँको स्मार्टफोनको परफरमेन्स,कार्यशैली, डाटा र प्राइभेसीलाई प्रभावित पार्ने प्रयास गरिरहेका हुन्छन् ।

स्पीड बूस्ट–  स्पीड बूस्ट गर्ने दाबी गर्ने एप्लहरु प्ले स्टोरमा दर्जजनौंको संख्यामा भेटिन्छन् । स्मार्टफोन स्लो हुनेबित्तिकै तपाईँहरुमध्ये कयौंले गूगल प्ले स्टोरमा गएर यस्ता एप्स डाउनलोग गर्नुहुन्छ जसले मेमोरी वा र्यामलाई बूस्ट गर्ने दाबी गर्दछन् । तर यीनिहरुले साँच्चिकै भने केहि गर्दैनन् ।

स्पीड बूस्ट गर्ने दाबी गर्ने एप्स ब्याकग्राउण्डमा चलिरहेका हुन्छन र यसले तपाईँको स्मार्टफोनमा विभिन्न अनुमति लिएको हुन्छ । यसले तपाईँको डाटा चोरी गर्ने वा तपाईँलाई विज्ञापन देखाउने काम गर्दछ ।

एन्ड्रोयडमा पहिले देखि नै यस्ता फीचरहरु हुन्छन जसले फोनको मेमोरीलाई बूस्ट गर्दछ । मेमोरी सेभिंगको दाबी गर्ने थर्ड पार्टी एप्सले सामान्य स्तरमा तपाईँको स्मार्टफोनमा कुनै सुधार गर्दैनन् ।

ब्याट्री सेभ गर्ने एप्स– गूगल प्ले स्टोरमा ब्याट्री डाक्टर, ब्याट्री सेभर, ब्याट्री सलुसन लगायतका नाममा सयौं एप्स भेटिन्छन् । यी एप्सले तपाईँको स्मार्टफोनको ब्याट्री बचाउने दाबी गर्दछन् । कतिले त यस्तो एप्स इन्स्टल गरेपछि ब्याट्री ब्याकअप डबल हुने बताउँछन तर यस्तो केहि पनि हुँदैन् ।

लिथियमको ब्याट्री हुन्छ र यसले आफ्नो किसिमले काम गर्दछ । सबै स्मार्टफोनहरुमा पावर सेभिंग मोड राखिएको हुन्छ र तपाईँले यसलाई प्रयोग गरेर ब्याट्री सेभ गर्न सक्नुहुन्छ । त्यसैले यी एप्सहरुको केहि काम छैन् ।

ब्लाटवेयर– कयौं एन्ड्रोयड स्मार्टफोन कम्पनीहरुले पहिले नै यसलाई इन्स्टल एप्सको रुपमा उपलब्ध गराएका हुन्छन् । यी एप्सलाई तपाईँले ब्लाटवेयर पनि भन्नसक्नुहुन्छ । यी अनावश्यक एप्सले तपाईँको स्मार्टफोनको उर्जा र कार्यक्षमतालाई असर पारिरहेका हुन्छन् । यी अनावश्यक एप्स तपाईँको कामको लागि उपयुक्त छैनन भने यसलाई हटाउनुस् । यदि यी अनइस्टल हुँदैनन भने तपाईँले यसलाई डिसेबल गर्न सक्नुहुन्छ । यस्ता एप्सले अधिक मेमोरी खपत गर्ने गर्दछन् ।

क्लिनिङ्ग एप्स– क्लीन मास्टर, क्लीनर, स्मार्टफोन क्लीन नाममा कयौं एप्सहरु उपलब्ध रहेका छन् । यी जस्तै अन्य क्लिनिङ्ग एप्स प्रयोग गर्नु जोखिमयुक्त हुन्छन् । क्लीन मास्टर एपमाथि नै कयौं आरोप लागिसकेका छन् । स्मार्टफोन क्लीन गर्ने नाममा यी एप्सले स्मार्टफोनको मेमोरी र इन्टरनेट डाटा खपत गरिरहेका हुन्छन् । यसका साथै तपाईँको डाटा समेत चोरी गरिरहेका हुन्छन् ।

Leave a Reply