यूरोपियन युनियनले भन्यो- ५जी नेटवर्कमा राज्यद्धारा प्रबर्द्धित ह्याकरहरुबाट जोखिम

Technology Khabar २३ आश्विन २०७६, बिहीबार

यूरोपियन युनियनले भन्यो- ५जी नेटवर्कमा राज्यद्धारा प्रबर्द्धित ह्याकरहरुबाट जोखिम

काठमाडौं ।

काठमाडौं । यूरोपियन युनियनले ५जी नेटवक्र्समार्फत राज्यद्धारा प्रबर्द्धित साइबर आक्रमण हुनसक्ने जोखिम रहेको चेतावनी दिएको छ । युनियनले बिहिबार ५जी नेटवक्र्सका लागि ५जी अपरेटरहरुले एउटै आपूर्तिकर्ताबाट अधिक पार्टस प्रयोग गरेको खण्डमा त्यस्तो आक्रमणको जोखिम हुनसक्ने चेतावनी दिएको हो ।

युरोपियन युनियनले साइबर रिस्क टू नेक्स्ट जेनेरेसन ५जी मोबाइल नेटवर्क्समा आधारित भएर तयार पारेको रिपोर्टमा आधारित भएर जारी गरिएको विज्ञप्तिमा मोबाइल नेटवर्क अपरेटरहरु प्रजातान्त्रिक परीक्षण र संतुलन नभएको सरकारसँग सम्बन्धित सप्लायर्समा पुरै निर्भर हुन नहुने उल्लेख छ ।

‘गैर युरोपेली देशहरु वा राज्यद्धारा सहयोग गरिएका विभिन्न संभावित खेलाडीहरुका बिचमा एउटालाई मात्रै छनौट गर्नु निकै गंभिर हुने र यसले ५जी नेटवर्क्सलाई टार्गेट गर्नेछ,’ यूरोपियन कमिसन र फिनल्याण्डद्धारा जारी संयुक्त स्टेटमेन्टमा भनिएकोछ ।

सो रिपोर्टमा कुनै विशेष देश वा कम्पनीको नाम भने उल्लेख छैन् । यसअघिदेखि नै अमेरिकाले युरोपेली मुलुकहरुलाई चिनियाँ टेलिकम पूर्वाधार निर्माण कम्पनी ह्वावे टेक्नोलोजीजलाई ५जी निर्माणमा प्रतिबन्ध लगाउन आव्हान गर्दै आएको छ ।

सो रिपोर्टअनुसार एउटै कम्पनीबाट मात्र ५जीको सामाग्री आपूर्ति गर्दा गैर युरोपेली देशले हस्तक्षेप गर्नसक्ने संभावना रहेको र आपूर्तिकर्ताद्धारा नै आक्रमणको जोखिम निम्त्याउन सक्ने खतरा रहेको छ ।

उता विश्वकै सबैभन्दा ठूलो टेलिकम उपकरण आपूर्तिकर्ता कम्पनी ह्वावेले भने यसलाई स्वागत गरेको छ ।

‘यो कार्य साइबरसेक्यूरिटीमा समान धारणा विकास गर्न र ५जी एराको लागि सुरक्षित नेटवक्र्स विकास गर्न महत्वपूर्ण कदम रहेको छ,’ ह्वावेका प्रवक्ताले भने ।

५जी केबल तिब्र गतिको मोबाइल इन्टरनेट मात्र होईन् । यसमा अन्य प्रविधिहरु अधिक ब्याण्डविथका साथमा उपलब्ध हुनसक्नेछन् । यसमा सेन्सरहरु, थर्मोस्ट्याट र कारहरुबाट डाटा लिन तथा रोबोटहरुले रियल टाइममा एकैपटक काम गर्न सक्दछन् ।

ईयू रिपोर्टकाअनुसार संवेदनशिल क्षेत्रहरु जसमा उर्जा, यातायात, बैंकिङ्ग र स्वास्थ्य क्षेत्र पनि यसमा जोडिने हुँदा त्यसबाट नयाँ जोखिमहरु बाहिरिने संभावना रहेको छ ।

विश्वको दोस्रो ठूलो मोबाइल नेटवर्क प्रदायक कम्पनी भोडाफोनले बेलायतमा ओपन रेडियो एक्सेस नेटवक्र्स परीक्षण गर्ने बताईसकेको छ, जसले टेलिकम नेटवर्क उपकरणहरु बिक्री गर्ने धेरै कम्पनीहरुलाई सहभागी गराउने बताएको थियो । एजेन्सी

easy care

प्रकाशित: २३ आश्विन २०७६, बिहीबार