मोबाइलमा राखिने लिथियम आयोन ब्याट्री विकास गर्ने तीन वैज्ञानिकले पाए नोबेल पुरस्कार

काठमाडौं । रिचार्जेबल लिथियम आयोन ब्याट्री विकास र संसोधन गर्ने तीन वैज्ञानिकहरुले सन् २०१९ को केमिस्ट्री तर्फको नोबेल पुरस्कार संयुक्तरुपमा प्राप्त गरेका छन् ।

विश्वभर मोबाइलमा प्रयोग हुने तथा अन्य विश्वव्यापी सूचना प्रविधिमा उपयोगी लिथियम आयोन ब्याट्रीलाई क्रान्तिकारी आविश्कारको रुपमा लिईन्छ ।

बेलायती बैज्ञानिक स्टान्ले ह्विटिंघम, अमेरिकी वैज्ञानिक जोन गोडेनोह र जापानी वैज्ञानिक अकिरा योसिनोलाई रोयल स्वेडिस एकेडेमी अफ साइन्सेसजले सो पुरस्कार दिने घोषणा गरेको हो । तीनै जना बैज्ञानिकहरुले संयुक्तरुपमा ९ मिलियन स्वेडिस क्राउन प्राप्त गर्नेछन् ।

लिथियम आयोन ब्याट्री सन १९९१ देखि बजारमा उपलब्ध भएको थियो जसले हाम्रो जीवनचर्यामा क्रान्ति ल्याएको थियो । यसले वायरलेस र इन्धन रहित समाजको आधारत तयार पार्न नेतृत्व दिएको थियो भने मानवताको लागि सबैभन्दा ठूलो फाईदा पुर्याएको छ, एकेडेमिको नोबेल कमिटीले भनेको छ ।

ह्विटिंघमले पहिलो पटक लिथियम आयोन ब्याट्री सन् १९७० को दशकमा विकास गरेका थिए भने त्यसलाई थप अगाडी बढाउन गोडेनोहले भुमिका खेलेका थिए । त्यसपछि योसिनोले त्यसलाई प्रयोगका लागि सुरक्षित बनाउन ब्याट्रीबाट शुद्ध लिथियम निकाल्न सहयोग गरेका थिए ।

डाइनामाइटका आविश्कारक तथा व्यवसायी अल्फ्रेड नोबेलले स्थापना गरेको नोबेल पुरस्कार विश्वको सबैभन्दा प्रतिष्ठित पुरस्कार मानिन्छ । एजेन्सी

Leave a Reply