चीनका प्रमुख आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप कम्पनीहरु अमेरिकाको कालोसूचीमा

काठमाडौं । अमेरिकी सरकारले थप चिनियाँ टेक कम्पनीहरुमाथि व्यापार प्रतिबन्ध लगाएकोछ । यस्तो प्रतिबन्ध लाग्ने कम्पनीमा चीनको प्रमुख आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप कम्पनीहरु रहेका छन् ।

अमेरिकाले बेईजिंगमा आधारित ८ टेक कम्पनीहरुलाई प्रतिबन्ध लगाएको छ जसमा भिडियो सर्भिलेन्स फर्म एचकेभिजनका साथै फेसियल रिकोग्निसन टेक्नोलोजी सेन्सटाइम ग्रुप लिमिटेड र मेग्भी टेक्नोलोजी लिमिटेड समावेश रहेका छन् ।

यी कम्पनीहरुलाई अमेरिकी कम्पनीहरुबाट अमेरिकी सरकारको अनुमति बिना कम्पोनेन्टहरु खरिद गर्न प्रतिबन्ध लाग्नेछ । यसअघि नै यस्तै किसिमको प्रतिबन्ध अमेरिकाले ह्वावे टेक्नोलोजीज कम्पनी लिमिटेडलाई राष्ट्रिय सुरक्षा खतरा कारण देखाउँदै लगाउँदै आएको छ ।

तर अहिले भने टेक कम्पनीहरुलाई प्रतिबन्ध लगाउनुको कारण भने मानवअधिकार उलंघन रहेको छ । चीनमा अल्पसंख्यामा रहेका मुस्लिम समूहहरुलाई सर्भिलेन्स गर्नका लागि उच्च प्रविधियुक्त सर्भिसेनज प्रयोग भएको अमेरिकाले आरोप लगाउँदै आएको छ ।

यसबाहेक आफ्लाईटेक कम्पनी, झेजियाङ्ग डाहुआ टेक्नोलोजी, जिआमेन मेईआ पिको इन्फर्मेसन कम्पनी, यीटु टेक्नोलोजी र यीजिन साइन्स एण्ड टेक्नोलोजी कम्पनीहरु पनि प्रतिबन्धमा रहेका छन् । एजेन्सी

Leave a Reply