फेसबुकको क्रिप्टोकरेन्सी लिब्राको लागि गठित एसोसिएसनको सदस्यता त्याग्यो पेपालले

Technology Khabar २३ आश्विन २०७६, बिहीबार

फेसबुकको क्रिप्टोकरेन्सी लिब्राको लागि गठित एसोसिएसनको सदस्यता त्याग्यो पेपालले

काठमाडौं ।

काठमाडौं । अमेरिकी पेमेन्ट प्रोसेसर पेपाल होल्डिंग्स इंकले लिब्रा एसोसिएसन छोडेको घोषणा गरेको छ । फेसबुकद्धारा प्रबद्र्धित तथा व्यवस्थापना गरिएको कम्पनीले विश्वभर डिजिटल करेन्सीकोरुपमा लिब्रालाई विकास गर्ने तयारी गरेको बेला लीब्रा एसोसिएसन छोड्ने पेपाल पहिलो कम्पनी भएको छ ।

पेपालले आगामी दिनमा सो ग्रुपमा सहभागी नहुने र आफ्नै कोर व्यवसायमा नै ध्यान केन्द्रित गर्ने बताएको छ ।

‘हामी अझै लिब्राको आकांक्षाहरुलाई समर्थन गर्दछौं र भविश्यमा पनि साथै काम गर्नका लागि निरन्तर संवादमा रहिरहनेछौं,’ पेपालले भनेको छ ।

लिब्रा क्रिप्टोकरेन्सी हो जसलाई फेसबुकले विकास गरेको थियो, तर कम्पनीले भने करेन्सी हेर्नको लागि लिब्रा एसोसिएसन स्वतन्त्र रहेको बताउँदै आएको छ ।

‘लिब्रा प्रोजेक्ट जस्तो जेनेरेशनल पेमेन्ट नेटवर्क विकास गर्न सजिलो बाटो होईन्, यो अभियानमा प्रतिबद्धता भन्दा महत्वपूर्ण अन्य विषयहरु होईनन्,’ लीब्रा एसोसिएसनले जारी गरेको स्टेटमेन्टमा भनिएको छ ।

लिब्रालाई फेसबुकले सन् २०२० देखि संचालनमा ल्याउने तयारी गरेको थियो । तर विश्वभर यसको विरोध हुँदै आएको छ ।
फ्रान्स जर्मनीले लिब्रालाई अनुमति नदिने बताईसकेका छन् ।

लिब्राको लागि पेपालसहित अन्य २७ संस्थाहरु संस्थापक सदस्यको रुपमा रहेका थिए । जसमा उबर टेक्नोलोजीज इंक, लिफ्ट इंक र स्पोटीफाई टेक्नोलोजीजलगायत रहेका छन् । एजेन्सी

easy care

प्रकाशित: २३ आश्विन २०७६, बिहीबार