आइफोन निर्माता कम्पनी एप्पलले भारतमा पहिलो स्टोर खोल्दै, आगामी वर्ष संचालनमा आउने

Technology Khabar २३ आश्विन २०७६, बिहीबार

आइफोन निर्माता कम्पनी एप्पलले भारतमा पहिलो स्टोर खोल्दै, आगामी वर्ष संचालनमा आउने

काठमाडौं ।

काठमाडौं । आइफोन मेकर एप्पलले भारतमा आफ्नो पहिलो आधिकारीक शोरुम संचालनमा ल्याउने भएको छ । कम्पनीले आफ्नो पहिलो स्टोरको लागि मुम्बईको मेकर म्याक्सिटी सपिंग मलमा राख्ने भएको छ ।

तीन तल्ले सो स्टोरले करिब २० हजारदेखि २५ हजार स्क्वायर फिट ओगट्ने छ । सो नयाँ स्टोर बनाउनको लागि त्यसको डिजाइन र निर्माणको कार्यमा एप्पल टिम लागिसकेको छ ।

सो स्टोरको रिनोभेसनको कार्य शुरु भईसकेको र कम्पनीले आवश्यक सामाग्रीहरु मगाउन थालेको रिपोर्टमा बताईएको छ । नयाँ स्टोर संभवत आगामी वर्षको सेप्टेम्बरमा मात्र संचालनमा आउने छ ।

पछिल्लो दिनमा चीनपछि भारत सबैभन्दा ठूलो मोबाइल बजार हो जहाँ एप्पलले आफ्नो बजार बिस्तार गर्ने तयारी गरिरहेको छ । यसको लागि कम्पनीले भारतमा नै मेक इन इण्डिया नारासहित आइफोनहरु उत्पादन गर्दै आएकोछ ।

विशेषगरि भारतमा मिड रेन्जका स्मार्टफोनहरुको अधिक माग हुने गरेको र आइफोनको मूल्य महंगो हुँदा कम्पनीले आफ्नो बजार बिस्तार गर्न समस्या हुँदै आएको छ ।

तर हालै एप्पलले लन्च गरेको सस्तो मूल्यको आइफोन ११ को माग भारतमा निकै राम्रो देखिएको रिपोर्टहरु आईरहेका छन् । ६६९ अमेरिकी डलर मूल्य तोकिएको सो आइफोन ११ मार्फत आइफोनले भारतमा ससक्त बजार बिस्तार गर्ने विश्लेषणहरु गरिएका छन् ।

स्थानीय भारतीय मिडिया रिपोर्टहरुकाअनुसार एप्पलले भारतमा १ बिलियन डलर लगानी गर्ने योजना लिएको छ । एजेन्सी

Global Bank
easy care

प्रकाशित: २३ आश्विन २०७६, बिहीबार

ताजा समाचार