एप्पलले पावर अन नहुने समस्या देखिएका आइफोन सिक्सएस मोडलहरु निशुल्क मर्मत गर्ने

Technology Khabar २० आश्विन २०७६, सोमबार

एप्पलले पावर अन नहुने समस्या देखिएका आइफोन सिक्सएस मोडलहरु निशुल्क मर्मत गर्ने

काठमाडौं ।

काठमाडौं । आइफोन मेकर एप्पल इंकले आफ्नो आइफोन सिक्सएस मोडलमा देखिएको समस्यालाई समाधान गर्ने बताएको छ । कम्पनीले शुक्रबार आइफोन सिक्सएस र आइफोन सिक्सएस प्लस ह्याण्डसेटहरुमा देखिएको पावर अन नहुने समस्या कुनै कम्पोनेन्टमा देखिएको त्रुटीले भएको बताएको छ ।

कम्पनीले त्यस्ता ह्याण्डसेटहरुलाई निशुल्क मर्मत गरिदिने जानकारी दिएको छ ।

आइफोन निर्माताले तोकिएको सिरिज नम्बर भएका डिभाइसहरुमा मात्र त्यो समस्या देखिएको र त्यस्तो डिभाइसहरु अक्टोबर २०१८ देखि अगस्ट २०१९ को अवधिमा एसेम्बल भएको बताएको छ ।

एप्पलले सन् २०१५ मा आइफोन सिक्सएस लन्च गरेको थियो भने यो मोडल अझैपनि भारतको बेग्लुरुमा रहेको विस्ट्रन कर्पको स्थानिय यूनिटमा एसेम्बल हुँदै आएको छ । एजेन्सी

*हेडलाइन सच्याईएको ।

easy care

प्रकाशित: २० आश्विन २०७६, सोमबार

ताजा समाचार