दक्षिण पूर्वी एशियाको इन्टरनेट अर्थतन्त्र सन् २०२५ सम्ममा ३०० बिलियन डलर पुग्ने: रिपोर्ट

काठमाडौं । दक्षिण पूर्वी एशियाको इन्टरनेट अर्थतन्त्र आगामी सन् २०२५ सम्ममा ३०० बिलियन डलर बराबर पुग्ने प्रक्षेपण गरिएको छ । यो क्षेत्रका लाखौं मानिसहरुले अनलाइन सपिंग र राइड शेयर फूड डेलिभरी सेवा प्रयोग गर्ने क्रमसँगै इन्टरनेट अर्थतन्त्र वृद्धि हुने देखिएको हो ।

गत बिहिबार सार्वजनिक एक रिपोर्टअनुसार सो लक्ष्यलाई प्राप्त गर्न अनलाइन उद्योगले आगामी ५ वर्षसम्ममा २०० प्रतिशतको वृद्धि हासिल गर्ने अनुमान गरिएको छ । यो वर्षको करिब १०० बिलियनको अर्थतन्त्र सन् २०२५ सम्ममा ३०० बिलियन डलरसम्म पुग्ने हालै गूगलले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ ।

सो वार्षिक रिपोर्टअनुसार यसअघिको सन् २०२५ सम्ममा २४० बिलियन डलरको इन्टरनेट अर्थतन्त्र हुने प्रक्षेपणलाई सुधार गर्दै नयाँ आंकडा सार्वजनिक गरेको हो । पछिल्लो चार वर्षहरुमा युवा इन्टरनेट यूजर्सले आफ्नो फोनमार्फत नै बैंकिङ्गदेखि गेम्स खेल्नुका साथै प्लेट टिकेटहरु खरिदगर्ने सम्मको कार्यहरु लगायतका गतिबिधिहरु गरिरहेको छ ।

‘यो किसिमको वृद्धिले गर्दा हालसम्मको सम्पूर्ण अपेक्षाहरुभन्दा निकै माथि गएको छ । इन्टरनेट अब ठूलो जनसंख्याको भागलाई सूपथमूल्यमा पहुँचयोग्य भएको छ र यसमा भएको सुधारसँगै डिजिटल सेवाहरुलाई उपभोक्ताहरुले विश्वास गर्न थालेका छन्,’ रिपोर्टमा भनिएको छ ।

Leave a Reply