टिकटकले आफ्नो प्लेटफर्ममा सःशुल्क राजनीतिक विज्ञापनहरु नदेखाउने

काठमाडौं । चिनियाँ भिडियो एप टिकटकले आफ्नो प्लेटफर्ममा रकम तिरिएका सःशुल्क राजनीतिक विज्ञापनहरुको अनुमति नदिईने बताएको छ । टिकटकले त्यस्ता विज्ञापनहरु आफ्ना लाखौं प्रयोगकर्ताहरुको अनुभवमा फिट नहुने बताएको छ ।

बेईजिङ्गमा आधारित टेक कम्पनी बायटेन्स टेक्नोलोजी कम्पनीद्धारा निर्मित टिकटकले प्रयोगकर्ताहरुलाई विशेषताहरुका साथमा छोटो भिडियो बनाउने तथा शेयर गर्ने प्लेटफर्मको रुपमा प्रयोग हुँदै आएको छ । टिकटक नेपालसहित दक्षिण पूर्वी एशियामा निकै लोकप्रिय रहेको छ ।

टिकटकका ग्लोबल बिजनेस सोल्यूशन्सका भाइस प्रेसिडेन्ट ब्लेक चण्डलीले एक ब्लगपोस्टमा रकम तिरेर गरिने सःशुल्क राजनीतिक विज्ञापनको अनुमति नदिईने बताएका हुन् ।

‘हामी यस्ता सःशुल्क विज्ञापनहरुको अनुमति दिँदैनौं यसले कुनै उम्मेदवार, वर्तमान नेता, राजनीतिक दल वा समूहलाई बढावा दिन्छ वा यसको विरोध गर्दछ वा संघीय, राज्य, वा स्थानीय स्तरमा जारी हुन्छ। यस्तोमा चुनाव सम्बन्धित विज्ञापन, वकालत विज्ञापन वा विज्ञापन जारी गर्ने समावेश गरहेकोछ,’ चण्डलीले भने ।

साउथ चाईना मर्निंग पोस्टको जुलाईको एक रिपोर्टअनुसार टिकटकले विश्वभर मासिक सक्रिय उपयोगकर्ताहरुको संख्या ५० करोड पार गरेकोछ ।

यो प्लेटफर्म युवा युवतीहरुका साथसाथै सेलेब्रेटीहरुका बिचमा निकै लोकप्रिय हुँदै आएको छ । एजेन्सी

Leave a Reply