तपाईँ स्मार्टफोनमा सँधै झुण्डिरहनुहुन्छ ? त्यसो भए तपाईँ डिप्रेसनको जोखिममा हुनुहुन्छ

काठमाडौं । मोबाइल फोनको लत वा डिप्रेसनमा कस्तो सम्बन्ध छ वा कुन पहिले आउँछ भन्ने विषयमा निकै समयदेखि बहस हुँदै आएको छ । तर हालै गरेको एक अनुसन्धानअनुसार अधिकसमयसम्म स्मार्टफोनमा झुण्डिरहने युवाहरुमा डिप्रेसन र एक्लोपनाको जोखिम हुनसक्ने देखिएको छ ।

सो अनुसन्धानले स्मार्टफोनमा हुने अत्यधिक निर्भरता र डिप्रेसन तथा एक्लोपनाको सम्बन्धको बारेमा अध्ययन गर्दै यो बढ्दोक्रममा रहेको उल्लेख गरेको छ ।

यूनिभर्सिटी अफ एरिजोनाका अनुसन्धानकर्ता म्याथ्यू लापीरे र उनका सहकर्मीहरुले हालै १८ देखि २० वर्ष उमेरका ३४६ जना सहभागीहरुबिच गरेको अनुसन्धानले स्मार्टफोनमा अधिक भरपर्नेहरुमा डिप्रेसनको सिम्पटम र एक्लोपनाको महशुश अधिक गर्ने गरेको पत्ता लगाएको हो ।

‘यसको मुख्य निष्कर्श भनेको स्मार्टफोनमा निर्भरताले सिधै ‘डिप्रेसिभ सिम्पटम’ देखाउँछ,’ डिपार्टमेन्ट अफ कम्यूनिकेसनका असिस्टेन्ट प्रोफेसर लापीरेले भने ।

उनकाअनुसार मानिसहरु डिभाइसमा निर्भर हुन थाल्दछन र यसको पहुँच नपाउने बित्तिकै उनीहरुले अस्वभाविक महशुस गर्दछन्, र उनीहरुले दैनिक जीवनमा नशाको रुपमा त्यसलाई प्रयोग गर्दछन् ।

हालै सार्वजनिक भएको जर्नल रिपोर्टमा स्मार्टफोनको परनिर्भरता र मानसिक अवस्थाको सम्बन्धको बारेमा अध्ययन गरिएको छ ।

सो अध्ययनका सह लेखक पेङ्गफेई भाmओकाअनुसार यदि डिप्रेसन र एक्लोपनाले स्मार्टफोन निर्भरतातर्फ लैजान्छ भने हामीले मानिसको मानिसक स्वास्थ्यमा व्यवस्थापन गरेर निर्भरतालाई घटाउन सक्नेछौं ।

तर अनुसन्धानले पत्ता लगाएको जस्तो स्मार्टफोन निर्भरताले अन्य विषय आएमा स्मार्टफोन निर्भरतालाई कम गराउन सकिनेछ ।

सो अनुसन्धानको चरणमा सहभागीहरुलाई स्मार्टफोन निर्भरताको मापन गर्नका लागि चार प्वाइन्टको स्केलमार्फत रेटिंग गरिएको थियो ।
यदि मानिसहरु तनाब महशुश गर्दछन भने उनीहरुले स्वस्थ कार्यहरु गर्नेतर्फ जानुपर्दछ, जसमा नजिकका साथीहरुसँग कुराकानी गर्ने र सहयोग माग गर्ने अथवा केहि शारिरिक व्यायाम गर्ने अथवा ध्यान गर्नेलगायतका कार्यहरु गर्नुपर्ने अनुसन्धानकर्ताहरुले सुझाव दिएका छन् ।
एजेन्सी

Leave a Reply