एप्पलले बजार माग बढेसँगै आइफोन ११ मोडलको उत्पादन बढायो, १० प्रतिशत उत्पादन वृद्धि

काठमाडौं । एप्पलले आफ्नो आइफोनको डिमाण्ड बढेसँगै उत्पादन पनि वृद्धि गरेको छ । कम्पनीले नयाँ आइफोन ११ मोडलको माग धेरै भएको भन्दै १० प्रतिशत उत्पादन बढेको छ ।

कम्पनीले अनुमान गरेभन्दा बढि बजार माग भएको भन्दै आइफोन ११ मोडल ८० लाख युनिट उत्पादन बढाएको जापानी पत्रिका निकाई एसियन रिभ्यूले जनाएको छ ।

यसअघि एप्पल अर्डर प्लेसिंगको लागि परम्परागत हुने गरेको भन्दै गत वर्षको नयाँ आइफोनको संख्या कम रहेको थियो । उत्पादनमा वृद्धिसँगै आइफोन ११ सिरिज गत वर्षको आइफोनको संख्या भन्दा बढि हुने बताईएको छ ।

रिपोर्टअनुसार आइफोनको अर्डरहरुमध्ये सबैभन्दा धेरै आइफोन ११ मोडलमा केन्द्रित भएको छ र अर्को आइफोन ११ प्रोमा रहेको छ । त्यस्तै आइफोन ११ प्रो मोडलको अर्डरमा भने एप्पलले परिवर्तन गरेको छ । एजेन्सी

Leave a Reply