फेसबुकलाई विश्वभरबाट पोस्टहरु हटाउन आदेश दिन सकिने, यूरोपेली अदालतले गर्यो निर्णय

काठमाडौं । यूरोपेली यूनियनको उच्च अदालतले अनधिकृत पोस्टहरु विश्वभरबाट डाउन गर्न सक्ने फैसला दिएपछि सोसल मिडिया साइट फेसबुकलाई तनाव भएको छ ।

फेसबुकले तोकिएका अनधिकृत कन्टेन्ट तथा पोस्टहरु विश्वभरबाटै फेसबुक, त्यसको एप्स र वेबसाइटबाट हटाउन आदेश दिनसक्ने फैसला अदालतले गरेको छ ।

फेसबुक जस्तै अन्य प्लेटफर्महरुले पनि सोहि किसिमको आदेश पालना गर्नुपर्ने भएको छ । जसमा अनधिकृत कन्टेन्टहरु हटाउनुपर्नेछ र त्यसको लागि कुनै रिपोर्टको प्रतिक्षा गर्नु पर्दैन् ।

फेसबुकले भने सो निर्णयले फ्रिडम अफ एक्सप्रेसनको गंभिर प्रश्न सिर्जना गरेको बताएको छ ।

यसअघि फेसबुकमा अस्ट्रियन राजनीतिज्ञ ईभा ग्लाविश्चिंग पिईजेकलाई दूव्र्यवहार गर्दै पोस्टहरु राखिएका थिए जसमा भएको अदालती सुनुवाईमा सो देशको अदालतले उनको मानाहानी गरेको बताएको थियो । एजेन्सी

Leave a Reply