Technology Khabar १७ आश्विन २०७६, शुक्रबार
काठमाडौं ।
काठमाडौं । इन्टरनेटमार्फत हुने धोकाधडीको कार्य सबैभन्दा धेरै अमेरिका, रसिया र युक्रेनबाट संचालन हुने गरेको अनुसन्धानले देखाएको छ ।
हालै अनुसन्धान कम्पनी सिएसआईआरओको डाटा६१ ले गरेको अनुसन्धानअनुसार सन् २००७ देखि २०१७ सम्मको अवधिमा उल्लेखित ३ देशहरुबाट हुने इन्टरनेटमार्फत हुने धोकाधडी अर्थात स्पाम गतिबिधिमा ६० प्रतिशत भन्दा बढि योगदान भएको छ ।
डाटा६१ ले सार्वजनिक गरेको फाइनल ब्ल्याकलिस्टअनुसार सो अवधिमा ५१ करोड ६० लाख मालिसियल अनलाइन गतिबिधिहरु रिपोर्ट भएका थिए भने सोहि अवधिमा ६ लाख ६२ हजार यूनिक आईपी एड्रेसहरु विश्वभर पत्ता लागेको थियो ।
डाटा६१ का अनुसन्धानकर्ताहरुले मसिन लर्निंग टेक्निकहरु प्रयोग गरेर मालिसियल गतिबिधिहरुलाई वर्गिकरण गरि अनुसन्धान गरेका थिए । यस्तो वर्गिकरण ६ वटा भागमा गरिएको थियो जसमा मालवेयर, फिसिंग, फण्डलेन्ट सर्भिस, पोटेन्सियल अनवान्टेड प्रोग्राम, एक्सप्लोईटस, र स्पामिंग रहेका छन् ।
अनुसन्धान कम्पनी सिएसआईआरओको डाटा६१ इन्फर्मेसन सेक्यूरिटी एण्ड प्राइभेसी रिसर्च लिडर तथा अप्टस म्याक्वेरी यूनिभर्सिटी साइबर सेक्यूरिटी हबका वरिष्ठ वैज्ञानिक निर्देशक डाली काफरकाअनुसार यस्तो किसिमको डाटाबेस पहिलो पटक र सबैभन्दा ठूलो प्रकाशित भएको छ ।
उनले विश्वभर साइबर चुनौतीहरु दैनिकरुपमा बढिरहेको तर यस्तो प्रकारको जानकारीमूलक डाटाबेस नभएको बताए । सो रिपोर्टबाट साइबर थ्रेटको अवस्था र जानकारीहरु गहिरोरुपमा अध्ययन गर्न सकिनेछ।
अनुसन्धानकर्ताहरुले इन्टरनेटमार्फत हुने धोकाधडीको कार्यमा आवद्ध भएका प्रमुख तीन नेटवर्कहरुको बारेमा पनि पत्ता लगाएका छन् । जसमध्ये चीनबाट उत्पन्न भएका साइबर थ्रेटहरु भने हटाउन निकै कठिन भएको बताए ।
काफरले सोहि अवधिमा कसरी मालवेयर गतिबिधि आईपी एड्रेसहरुमार्फत बितरण गरिएका थिए भन्ने समेत हेरिएको बताए । यसमध्ये एउटा क्लाउड सर्भर अमेजनमा होस्ट गरिएको थियो जसलाई सबैभन्दा उच्च मात्राको जोखिमहरु निरन्तर पठाउने गरिएको भेटिएको थियो । यसो हुनुमा आक्रमणकारीहरुका लागि ती सस्तो रिसोर्स भएको उनको भनाई छ।
फिसिंग गतिबिधि भने सन् २००९ देखि अगाडि बढेको देखिएको छ । स्मार्टफोनहरुको प्रयोग र संख्यामा वृद्धिसँगै फिसिंग गतिबिधि पनि बढेको देखिन्छ सन् २०१७ मा भएका मालिसियस गतिबिधिहरुमध्ये करिब ३० प्रतिशत फिसिंग रहेका थिए । एजेन्सी
प्रकाशित: १७ आश्विन २०७६, शुक्रबार