हुण्डाई हाईवे एसुरेन्स (हाईवेमा फ्रि चेक अप क्याम्प), असोज १६ देखि १९ गतेसम्म आयोजना संचालन

Technology Khabar १६ आश्विन २०७६, बिहीबार

हुण्डाई हाईवे एसुरेन्स (हाईवेमा फ्रि चेक अप क्याम्प), असोज १६ देखि १९ गतेसम्म आयोजना संचालन

काठमाडौं । नेपालको लागि हुण्डाई गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेनटल प्रा.ली.ले ‘हुण्डाई हाईवे एसुरेन्स’ –हुण्डाई गाडिहरुको लागि फ्रि चेक अप क्याम्प आयोजना गरेको छ ।

यस कार्यक्रम अन्तर्गत कम्पनीले आफ्ना ग्राहक वर्गको लागि राजमार्गका विभिन्न स्थानहरुमा हुण्डाई गाडीको फ्रि चेक अप क्याम्प स्थापना गरेको जानकारी दिएको छ ।

नेपालीहरुको महान चाड वडा दसैंमा आफ्नो परिवारजन तथा इस्टमित्रहरुसँग मनाउने हेतुले आफ्नो हुण्डाई गाडीमा घर फर्कदै गरेका ग्राहकहरुलाई लक्षित गरी आयोजना गरिएको यस फ्रि चेक अप क्याम्पमा ग्राहकहरुले आफ्नो हुण्डाई गाडीको फ्रि चेक अप क्याम्प गराउनुको साथै आवश्यक लुब्रिकेन्ट तथा कूलान्टको मात्रा कम भएमा कम्पनीले नि:शुल्क थप गरिदिने व्यवस्था पनि गरेको कम्पनीले उल्लेख गरेको छ ।

यो योजना अन्तर्गत कम्पनीले राजमार्गका विभिन्न स्थान बिर्तामोड (काँकड्भित्ता रोड), इटहरी (मिलन चोक), कुरिनटार (सीरीन हाईवे रिसोर्ट, डालिमा), भरतपुर (बाल मन्दिर चोक), चौराहा ( बुटवल, नेपालगंन्ज (कोहलपुर चोक), धनगढी (अतरिया चोक) र बिरगंन्ज (पतलैया चोक) मा फ्रि चेक अप क्याम्प पोइन्टको स्थापना गरीएको छ ।

यो कार्यक्रम असोज १६ देखि १९ गते सम्म बिहान १० बजे देखि साँझ ६ बजे सम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

प्रकाशित: १६ आश्विन २०७६, बिहीबार

Comments are closed.

Loading...