गूगल प्ले स्टोरमा एक महिनामै भेटिए १७२ जोखिमयुक्त एप्सहरु, एडवेयरयुक्त छन् अधिकांश एप्स

Technology Khabar १६ आश्विन २०७६, बिहीबार

गूगल प्ले स्टोरमा एक महिनामै भेटिए १७२ जोखिमयुक्त एप्सहरु, एडवेयरयुक्त छन् अधिकांश एप्स

काठमाडौं ।

काठमाडौं । अनुसन्धानकर्ताहरुले गूगल प्ले स्टोरमा सेप्टेम्बर महिनामा मात्रै १७२ वटा भाइरसयुक्त एप्स भेटेका छन्, जसमध्ये ३३५ मिलियन इन्स्टल भईसकेको भेटिएको हो ।

इसेलका अनुसन्धाकर्ता लुकास स्टेफान्कोका अनुसार प्रमुख १७२ वटा मालिसियल एप्सले विशेषगरि एडवेयर पठाउने गरेका थिए ।

‘अनावश्यक एड वा एडवेयर निकै लोकप्रिय क्याटोगरी हो किनकी एप इन्स्टल गरेपछि त्यसले इनपुट लिनको लागि केहि रिक्वेस्ट गर्दैन् । यो बैंकिङ्ग ट्रोजन जस्तै हुन्छ र डेभलपरहरुका लागि सामान्यरुपमा शुरुवाती चरणबाटै आम्दानी गराईरहेको हुन्छ,’ स्टेफान्कोले थ्रेडपोस्टमा भनेका छन् ।

उनकाअनुसार यो एडवेयर बनाउन अन्य एन्ड्रोयड र्यान्समवेयर वा बैंकिंग ट्रोजन जस्तो कठिन पनि छैन् ।
मालिसियल एप्लिकेसनहरुमा एडवेयर, सब्सक्रिप्सन स्क्याम, नदेखिने विज्ञापनहरु, एसएमएस प्रिमियम सब्सक्रिप्सन र अन्य विषयहरु रहेका छन्।

रिपोर्टकाअनुसार अधिकांश एप्सहरु जुन मालिसियल भएका र प्रभावित भएका भनिएका हटाईसकिएको छ ।

यस्तै एउटा रिपोर्टका आधारमा गत महिना मात्रै गूगलले ४६ वटा एप्सहरु हटाएको थियो ।

Global Bank
easy care

प्रकाशित: १६ आश्विन २०७६, बिहीबार

ताजा समाचार