इन्स्ट्यान्ट मेसेजिंग एप ह्वाट्सएपमा नयाँ फीचर आउँदै, अरुलाई पठाएको म्यासेज आफैं डिलिट हुने

काठमाडौं । इन्स्ट्यान्ट मेसेजिंग एप ह्वाट्सएपले निरन्तर आफैंमा परिवर्तनहरु ल्याईरहेको छ । कम्पनीले समयका साथै आफ्ना यूजर्सहरुलाई आकर्षित गर्न विभिन्न अपडेटहरु दिईरहेको छ ।

यहि सिलसिलामा कम्पनीले नयाँ र यूनिक फीचर ल्याउने भएको छ, जसमा तेस्रो पक्षलाई पठाएको म्यासेज आफैं गायब हुनेछ ।

ह्वाट्सएपको यो नयाँ फीचरको नाम डिसएपीयरिंग म्यासेज हो र यो फीचरको सहयोगबाट एप एक तोकिएको समयपछि तपाईँले पठाएको मेसेज एपले नै डिलीट गरिदिनेछ ।

यो फीचरको लागि यूजर्सले म्यासेज पठाउनुभन्दा पहिले एउटा टाइम सेट गर्नुपर्नेछ र निश्चित समयपुरा भएपछि तपाईँले पठाएको मेसेज आफ्सेआफ डिलीट हुनेछ । तर यो ह्वाट्सएप फीचर बीटा भर्सन २.१९.२७५ मा उपलब्ध हुनेछ ।

पहिले यो फीचर ग्रुप च्याटका लागि आउनेछ भने त्यसपछि मात्र प्राइभेट च्याटका लागि उपलब्ध गराईने छ । शुरुवातमा यो फीचर ग्रुप च्याटमा सबैको लागि उपलब्ध हुनेछैन तर यो फीचर ग्रुप सेटिंगमा आउनेछ र यसलाई केबल ग्रुप एडमिनले मात्र एक्सेस पाउनेछ ।

ग्रुप च्याटको अवधिमा एडमिनले ५ सेकेण्डा वा १ घण्टाको अवधिका लागि यो म्यासेजको अवधि सेट गर्न सक्नेछ र सो तोकिएको समयपछि ग्रुप एडमिनद्धारा पठाईएको च्याट ह्वाट्सएपको ग्रुपबाट आफैं हट्नेछ । यदि तपाईँले म्यासेज पठाउनुभन्दा पहिले नै समय सेट गर्नुभएन भने सो म्यासेज अटोमेटिक डिलिट हुँदैन् ।

यसअघिको ग्रुप च्याटमा डिलिट गर्ने अप्सन राखिएको छ तर सो डिलिट गरेको म्यासेजको बारेमा सबैलाई जानकारी हुन्छ । तर अहिलेको नयाँ फीचरले भने डिलिट भएको म्यासेजको बारेमा कुनै जानकारी दिँदैन् ।

हाल यो फीचर एन्ड्रोयड बीटा भर्सनमा मात्र उपलब्ध छ भने अन्य यूजर्सका लागि पनि छिटै आउनसक्ने छ । एजेन्सी

Leave a Reply