सामसंगले चीनमा भएको आफ्नो स्मार्टफोन उत्पादन फ्याक्ट्रि बन्द गर्ने

Technology Khabar १५ आश्विन २०७६, बुधबार

सामसंगले चीनमा भएको आफ्नो स्मार्टफोन उत्पादन फ्याक्ट्रि बन्द गर्ने
फोटो साभारः गूगल
NTC_Advt

काठमाडौं । दक्षिण कोरियाली कम्पनी सामसंगले आफ्नो चीनमा हुँदै आएको उत्पादन बन्द गर्ने भएको छ । चीनको ग्वाङ्गझोङ्ग प्रान्तमा रहेको सामसंगको अन्तिम चिनियाँ मोबाइल फोन प्लान्ट बन्द गर्ने भएको हो ।

सामसंग इलेक्ट्रोनिक्स कम्पनी लिमिटेडले चीनको मोबाइल फोन फ्याक्ट्रीबाट हुने उत्पादन सेप्टेम्बरको अन्त्यदेखि बन्द हुने बुधबार बताएको छ ।

विश्वको प्रमुख स्मार्टफोन निर्माता कम्पनीले चीनमा रहेको फोन फ्याक्ट्रीको मात्र उत्पादन बन्द गर्नु निकै कठिन निर्णय भएको उल्लेख गरेको छ ।

यसअघि नै सामसंगले चीनमा आफ्नो बिक्री निरन्तर घटिरहेमा सो प्लान्ट बन्द गर्ने घोषणा गरेको थियो । सो प्लान्ट सन् १९९२ देखि संचालनमा आएको थियो ।

सामसंगले आफ्नो स्मार्टफोनहरु भियतनाम र भारतमा भएका फ्याक्ट्रिहरुबाट उत्पादन गर्ने बताएको छ। कम्पनीले यसबाहेक केहि चिनियाँ कम्पनीहरुद्धारा लाइसेन्स अन्तरगत ओडिएम डिभाइसहरु उत्पादन र्ने बारेमा परीक्षण गरिरहेको छ । एजेन्सी

प्रकाशित: १५ आश्विन २०७६, बुधबार