अब ड्रोनमार्फत पार्सल डेलिभरी हुने, अमेरिकी नियामक निकायले यूपीएसलाई दियो अनुमति

Technology Khabar १५ आश्विन २०७६, बुधबार

अब ड्रोनमार्फत पार्सल डेलिभरी हुने, अमेरिकी नियामक निकायले यूपीएसलाई दियो अनुमति

काठमाडौं ।

काठमाडौं । पार्सल डेलिभरीको व्यवसाय गर्ने अमेरिकी कम्पनी यूपीएसले अब ड्रोनमार्फत सामान डेलिभरी गर्ने भएको छ । हालै कम्पनीले अमेरिकी फेडरल एभिएसन एडमिनिस्ट्रेसनबाट सामानहरु डेलिभरी गर्नका लागि ड्रोन उडाउन पाउने अनुमतिपत्र लिएको जानकारी दिएको छ ।

कम्पनीले ‘ओभर दि एभिएसन’ डेलिभरीको रुपमा नयाँ सेवा संचालन गर्नेछ । यूपीएसले अनम्यान्ड एयर भेहिकल(यूएभी) संचालनको लागी पार्ट १३५ स्ट्याण्डर्ड सर्टिफिकेसन प्राप्त गरेको हो ।

कम्पनीले ५५ पाउण्ड भन्दा बढि तौलका कार्गोहरु समेत संचालन गर्न सक्नेछ भने रातीको समयमा पनि सेवा संचालन गर्न पाउने भएको हो ।
गएको ६ महिनाभित्र यूपीएसले यसअघि नै सरकराी पाइलट प्रोग्रामअन्तरगत नर्थ कारोलिनाको अस्पतालमा १,१०० वटा मेडिकल स्याम्पलहरु डेलिभरी गरिसकेको थियो । सो डेलिभरीमा करिब १५० मिटरको यात्रा गराइएको थियो ।

अब भने यूपीएसले सो सेवालाई थप २० अस्पतालहरुमा आगामी २ वर्षभित्र बिस्तार गर्ने योजना लिएको छ ।

अनुमतिपत्रको पार्ट १३५ स्ट्याण्डर्ड सर्टिफिकेसनमा अपरेशनको साइजको कुनै सिमितता हुँदैन । कम्पनीले असिमित संख्यामा ड्रोनहरु उडाउन सक्नेछ भने कतिजना पाइटलहरु एक पटकमा प्रयोग गर्नसक्नेछ भन्ने पनि कुनै संख्या तोकिएको छैन् ।

यूपीएसले अनुमति पाएपनि तत्काल घरहरुमा प्याकेज डेलिभरी गर्न केहि चुनौतीहरु रहेका छन् । त्यसैगरि नियमनकारी निकायले पनि ड्रोन डेलिभरीका लागि नयाँ नियमहरु अझै निर्माण गरिरहेको छ ।

ड्रोनमार्फत डेलिभरी गर्ने अनुमति पाउने यूपीएस मात्र एक्लो कम्पनी होईन् । यसअघि नै अल्फाबेटको विंगले अष्ट्रेलियामा ड्रोनमार्फत सामान ढुवानीको अनुमति पाएको थियो । तर सो अनुमति एक पटकमा एउटा ड्रोन मात्र उठाउन सकिने किसिमको रहेको छ । एजेन्सी

Global Bank
easy care

प्रकाशित: १५ आश्विन २०७६, बुधबार

ताजा समाचार