बहुप्रतिक्षित मोबाइल गेम ‘कल अफ ड्यूटीः मोबाइल’ सार्वजनिक, पहिलो दिन नै टप ट्रेण्डिंगमा

Technology Khabar १५ आश्विन २०७६, बुधबार

बहुप्रतिक्षित मोबाइल गेम ‘कल अफ ड्यूटीः मोबाइल’ सार्वजनिक, पहिलो दिन नै टप ट्रेण्डिंगमा

काठमाडौं ।

काठमाडौं । मोबाइल गेमरहरुले निकै प्रतिक्षा गरिरहेको मोबाइल गेम कल अफ ड्यूटी रिलिज भएको छ । मंगलबार रिलिज भएको सो गेम लन्च हुने बित्तिकै टप न्यू एप्सको सूचीमा परेको छ ।

कल अफ ड्यूटीः मोबाइल (Call of Duty: Mobile) निशुल्क डाउनलोड गरेर खेल्न सकिने गेम हो । यो आईओएस र एन्ड्रोयड डिभाइसहरुका लागि उपलब्ध छ ।

यसमा फस्ट पर्सन सुटिंग गेम भने इन एप पर्चेजमा रहेको छ जसको शुरुवाती शुल्क १.४९ अमेरिकी डलरदेखि अधिकतम १५९.९९ अमेरिकी डलरसम्म तोकिएको छ ।

यो गेम यसअघि नै एप्पलको अमेरिकी एप स्टोरमा दोस्रो उच्च ग्रोसिंग एपको रुपमा रहेको सेन्सर टावरले उल्लेख गरेको छ । तर गूगल प्ले स्टोरमा भने र्याकिंग गरिएको छैन् ।

कल अफ ड्यूटी गेममा नयाँ ब्याटल रोयल मोड रहेको छ जसमा प्लेयरहरुले एक पटकमा १०० जना मानिसहरुसँग फाइट गर्न सक्दछ ।

मंगलबार सार्वजनिक भएको सो मोबाइल गेम चिनियाँ टेक कम्पनी टेनसेन्टले टिमी स्टूडियोसँग मिलेर बनाएको हो । तर चीनमा नै सो गेम निकै कडा अनुमतिपछि मात्र उपलब्ध गराईएको हो । यसअघि टेनसेन्टको चर्चित मोबाइल गेम पबजी चीनमा सार्वजनिक हुन पाएको थिएन् । एजेन्सी

easy care

प्रकाशित: १५ आश्विन २०७६, बुधबार