अपटेड समाचार

मोबाइल फोन मेकर ट्रान्जिनले चीनमा आईपीओ निकाल्ने, कम्पनीका टेक्नो र आईटेल नेपालमा पनि उपलब्ध

काठमाडौं । चिनियाँ मोबाइल फोन तथा डिभाइस निर्माता कम्पनी ट्रान्जिनले सांघाईको स्टार मार्केटमा आईपीओको लागि लिस्टेड भएको छ । कम्पनीले टेक्नो ब्राण्डमा स्मार्टफोनहरु उत्पादन गर्ने गर्दछ ।

सेनझेनमा मूख्यालय रहेको ट्रान्जिन होल्डिंगस अफ्रिकामा टेक्नो ब्राण्डमा स्मार्टफोनहरु बिक्री गर्ने सबैभन्दा टप कम्पनी हो । यो कम्पनीले अफ्रिकामा स्टार्टअपहरुलाई भेन्चर फण्डिंगको काम पनि शुरु गरिसकेको छ ।

ट्रान्जिनले ८ करोड शेयर जारी गर्नेछ जसको शुरुवाती मूल्य ३५.१५ यूआन तोकिएको छ । आईपीओबाट कम्पनीले २.८ बिलियन यूआन उठाउने लक्ष्य लिएकोछ । सो शेयर चीनमा मेनल्याण्डका बासिन्दाहरुले मात्र किन्न पाउनेछन् ।

ट्रान्जिनले १.६ बिलियन यूआन स्टार मार्केटबाट उठाएको रकममध्ये खर्च गर्ने योजना लिएको छ जसको लागि थप मोबाइल एसेम्बली लाइनहरु निर्माण गर्नेछ । त्यसैगरि करिब ४ सय ३० मिलियन यूआन अनुसन्धान तथा विकासमा खर्च गर्ने बताईएको छ ।

ट्रान्जिनले गत वर्ष २०१८ मा १२४ मिलियन फोनहरु विश्वभर बिक्री गरेको थियो । अफ्रिकामा कम्पनीले ५४ प्रतिशत फिचर फोनको बजार हिस्सा ओगटेको छ, जसमा यसको ब्राण्डहरु टेक्नो, इनफिनिक्स र आईटेल रहेका छन् ।

ट्रान्जिनका मोबाइल फोनहरु नेपाली बजारमा पनि उपलब्ध रहेका छन् । यसले दक्षिण एशियाली मुलुकहरु नेपाल, भारत, बंगलादेशलगायतमा पनि आफ्ना मोबाइल फोनहरु बिक्री गर्ने गरेको छ ।

माध्यम