स्मार्ट टेलिकमको तर्फबाट ‘बडा दसैं’ अफर, केवल ९९ पैसामा सबै नेटवर्कमा कुरा गर्न पाईने

Technology Khabar १५ आश्विन २०७६, बुधबार

स्मार्ट टेलिकमको तर्फबाट ‘बडा दसैं’ अफर, केवल ९९ पैसामा सबै नेटवर्कमा कुरा गर्न पाईने

काठमाडौं ।

काठमाडौं । यो दसैंलाई बडा तरिकाबाट मनाउन स्मार्ट टेलिकमले ‘बडा योजना’ सार्वजनिक गरेको छ । कम्पनीले दशैंको अवसर पारेर भ्वाइस, डाटा तथा अन्तर्राष्ट्रिय सेवामा विभिन्न अफरहरुसहितको योजना ल्याएको छ ।

यो दसैंलाई बडा तरिकाले मनाउनुका स्मार्टका ३ वटा कारणहरु निम्नानुसार रहेका छन्ः

१ दसैं भ्वाइसः यस बडा अफर अन्तर्गत केवल ९९ पैसा मा सबै नेटवर्कमा कुरा गर्न सकिन्छ । रु ९९ मा ३० दिन मान्य भएको १०० मिनेट टकटाइम (सबै नेटवर्कमा) पनि प्राप्त गर्न सकिन्छ । यो सुविधा अंग्रेजीमा *141*1*4*1# डायल गरी लिन सकिन्छ ।

२ दसैं डाटाः रु २९९ मा ४५ जिबि डाटा हरेक दिन १.५ जिवि डाटा का दरले ३० दिन सम्म लिन सकिन्छ । यसरी लिइएको डाटाको मान्य अवधि हरेक दिन मध्य रात सम्म रहने छ । यो डाटा सुविधा *141*3*2*1# डायल गरी सहजै लिन सकिन्छ ।

३ दसैं इन्डिया कलः लोकल दरमा इन्डियामा कल गर्न सकिने सुविधा, जसमा ३ वटा प्लान रहेका छन्ः
१) रु ३१२.४८ मा ३० दिन मान्य अवधि भएको २४० मिनेट टकटाइम २) १०१.०३ मा ७ दिन मान्य अवधि भएको ७५ मिनेट टकटाइम तथा रु २२.७१ मा १ दिन मान्य भएको १६ मिनेट टकटाइम यी सेवाहरु लिन क्रमशः *141*6*1*3#, *141*6*1*2# तथा *141*6*1*1#, डायल गर्नु पर्ने छ । यो सेवा लिइसके पछि इन्डिया कल गर्दा 1350+91+ मोबाइल नम्बर/ल्याण्डलाइन नम्बर राखी डायल गर्नु पर्ने हुन्छ ।

यो योजना असोज १२ गतेदेखि असोज २६ गतेसम्म मात्र रहने कम्पनीले जानकारी दिएको छ ।

विस्तृत जानकारीको लागि *141# डायल गरेर बुझ्न सकिने छ ।

easy care

प्रकाशित: १५ आश्विन २०७६, बुधबार