कोका–कोलाले ल्यायो नयाँ थीम, चाडपर्वलाई विशेष बनाउन आमाहरुसँग उत्सव मनाउँदै

काठमाडौं । “शेयर अ कोक” को स्थानीयकृत रुप “मन खोलौं कोक सँग” को चौथो संस्करण जारी गर्दै यस पटक कोका–कोलाले आफ्ना उपभोक्ताहरुलाई महान चाड दशैं तथा तिहार मनाउने एक नयाँ तथा अनुपम तरिका ल्याएको छ ।

यस वर्ष कोका–कोलाले “माइ मम् मेक्स् माइ दशैं स्पेशल”(My Mom makes my Dashain special)भन्ने थीम सहित नयाँ दशैं क्याम्पेन सार्वजनिक गरेको छ । यस अभियानले आमाहरुले हाम्रो दशैं र तिहारलाई विशेष बनाउन र हाम्रो चाडपर्वलाई खुशीयाली बनाउन निस्वार्थ काम तथा अथक प्रयासहरु गर्दछन् भन्ने सन्देश दिएको कम्पनीको भनाई छ ।

आमाहरुले निर्वाह गर्ने महत्वपूर्ण भूमिकाहरुलाई सम्मान गर्दै कोका–कोलाले चाडपर्वको अवसरमा हामीले आमाहरुलाई बोलाउने प्रिय शब्द आमा, माई, मुवा, मामु, मम्मी र मा लेखिएको ६ वटा नयाँ लेबल ल्याएको छ ।

दशैं र तिहारमा आमाहरुले निर्वाह गर्ने महत्वपूर्ण भूमिकाहरुलाई सम्मान गर्दै यी लेबलहरु नियमित लेबलको ठाउँमा राखिएको छ । यो लेबललाई चाडपर्वको झलकको स्पर्श दिन शिल्पकृति र टेक्स्टलाई सुनौंलो रंगमा दशैंको विभिन्न तत्व जस्तै चङ्गा, दशैंको पिङ्ग, सयपत्री फूल लगायत राखिएको छ ।

कोका–कोलाका कन्ट्री डिरेक्टर अम्बुज सिंहले भने, “यो वर्ष आमाहरु र उनीहरुले हाम्रो जीवनमा निर्वाह गर्ने महत्वपूर्ण भूमिकाहरुलाई सम्मान गर्ने प्रयासमा हामीले आमाहरुलाई बोलाउने ६ वटा प्रिय शब्दहरु भएको लेबल सार्वजनिक गरेका छौं । कोका–कोलाले तपार्इँको दशैंलाई जुन व्यक्ति विशेष बनाउँछ त्यही व्यक्तिसँग दशैं मनाउन प्रत्सोहान गर्दछ ।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप प्राण्डेले भने, “यो वर्ष हामीहरुले सधाझैं दशैंलाई विशेष बनाउने हाम्रा आमाहरुका साथ मनाउदै छौं । हामी– कोका–कोलाले सदैव उपभोक्ताहरुलाई कदर गर्दै आइरहेका छौं, र यो नयाँ लेबलले उपभोक्ताहरुलाई सम्बन्ध मज्बुत बनाउन प्रोत्साहन गर्नेछ र उनीहरुले कोकमार्फत आफ्नासँग मन खोल्नेछन् भन्ने आशा गरेका छौं ।”

कोका–कोलाले भाट–भटिनी सुपर मार्केट, सेल्सबेरी र सेल्सवेको विभिन्न स्थानमा छिट्टै ग्राउण्ड एक्टीभेसनको माध्यमबाट नयाँ लेबल ल्याउदैं छ । एक्टिभेसनमा कस्टुमाइज्ड लेबल हुनेछ र उपभोक्ताहरुले आफ्नो आमाका लागि व्यक्तिगत (पर्शनलाइज्ड) म्यासेज लेखि प्रिन्ट गर्न सक्ने कम्पनीले जनाएको छ ।