हिमस्टारको ‘अजबको गजब’ दशैं र तिहार योजना सार्वजनिक

Technology Khabar १४ आश्विन २०७६, मंगलवार

हिमस्टारको ‘अजबको गजब’ दशैं र तिहार योजना सार्वजनिक

काठमाडौं ।

काठमाडौं । गोल्छा अर्गनाइजेशनको भगिनी कम्पनी हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले दशैं र तिहारको अवसर पारेर हिमस्टारको अप्लाएन्समा आकर्षक उपहारसहित ‘अजबको गजब’ योजना सार्वजनिक गरेको छ ।

यो अफरअन्तर्गत ग्राहकहरुले हरेक हिमस्टार प्रोडक्ट हिमस्टारका टिभी, रेफ्रिजेरेटर, डिप फ्रिज तथा ए.सी. लगायतको खरिदमा हात खाली नजाने योजना ल्याएको हो ।

ग्राहकहरुले उपहारमा हिमस्टारका ब्लेन्डर, मिक्स्चर, इलेक्ट्रिक किट्ली, ड्राइ आइरन तथा स्टिम आइरन प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

हिम इलेक्ट्रोनिक्सले नेपाली बजारमा स्तरिय, स्टेट–अफ–आर्ट तथा अत्याधुनिक होम अप्लाएन्सेसहरु उपलब्ध गराउँदै आएको छ । यो योजना सिमित अवधिका लागी मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।

Sajilo Visa

प्रकाशित: १४ आश्विन २०७६, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार