माइक्रोसफ्टले पत्ता लगायो नयाँ मालवेयर, पर्सनल कम्प्यूटरलाई नै ह्याकिंग टूल बनाउने

Technology Khabar १३ आश्विन २०७६, सोमबार

माइक्रोसफ्टले पत्ता लगायो नयाँ मालवेयर, पर्सनल कम्प्यूटरलाई नै ह्याकिंग टूल बनाउने

काठमाडौं । माइक्रोसफ्टमा भएका अनुसन्धानकर्ताहरुले नयाँ मालवेयर क्याम्पेन पत्ता लगाएका छन जसले विश्वभर हजारौं कम्प्यूटरहरुलाई प्रभावित तुल्याएका छन् ।

नोडरसोक (Nodersok) नामक मालवेयरले पर्सनल कम्प्यूटरलाई इन्फेक्ट गरेपछि सोहि कम्प्यूटरलाई प्रोक्सिको रुपमा प्रयोग गरेर अर्को कम्प्यूटरमा साइबर आक्रमण गर्ने गर्दछन् ।

यसको प्रमुख टार्गेट भनेको उपभोक्ताहरु हुन तर करिब ३ प्रतिशत विभिन्न संस्थाहरु पनि लक्षित रहेका छन्, जसमा एजुकेसन, प्रोफेसनल सर्भिसेज, हेल्थ केयर, फाइनान्स, र रिटेल रहेका छन्, माइक्रोसफ्टा डिफेन्डर एडभान्स थ्रेट प्रोटेक्सन एटिपी) रिसर्च टिमले भन्यो ।

यो क्याम्पेनले रोचक तरिकाले आक्रमण गरिरहनुका साथै यसले एडभान्स फाइललेस टेक्निक पनि लागू गर्दै आएको छ । तर यसको एलुसिभ नेटवर्क इन्फ्रास्ट्रक्चरको कारणले गर्दा यसको आक्रमण नदेखिने किसिमको हुने गरेको अनुसन्धानकर्ताहरुले बताएका छ्न ।

यस्तो आक्रमण जतिबेला यूजर्सले डाउनलोडहरु गर्न र एटिएमएल एप्लिकेसन फाइल नामक प्लेयर संचालन गर्दछन त्यसबेला हुने गरेको छ ।

यसको फाइलको नाममा हुने डिजिटहरु भने प्रत्येक आक्रमणमा फरक हुने गरेका छन् ।

माइक्रोसफ्ट डिफेन्डर एटिपी टेलिमेन्ट्रिले भने कम्प्रोमाइज गरिएका विज्ञापनहरु इन्फेक्सनको लागि सबैभन्दा उपयुक्त माध्यम भएको निक्र्यौल गरेकोछ । एजेन्सी

प्रकाशित: १३ आश्विन २०७६, सोमबार

Comments are closed.

Loading...