Technology Khabar १३ आश्विन २०७६, सोमबार
काठमाडौं ।
काठमाडौं । छिमेकी मुलुक भारतमा ईकमर्श प्लेटफर्महरुबा हुने व्यवसायबाट करिब ६० लाख नयाँ स्मार्टफोन ग्राहकहरु यो वर्ष थप हुने भएका छन् ।
भारतमा अमेजन इण्डिया फ्लिपकार्ट जस्ता ठूला ईकमर्श कम्पनीहरुको बढ्दो व्यवसाय बिस्तारले गर्दा बजार अनुसन्धान एजेन्सी टेकआर्ककाअनुसार यो वर्षको अनलाइन फेस्टिभल सिजनको शुरुवातसँगै यूजर्सहरु फोरजी स्मार्टफोनहरुमा अपग्रेड हुने देखिएको छ । यो फेस्टिभल अवधिमा थप नयाँ १० लाख स्मार्टफोनहरु बिक्री हुने अनुमान समेत गरिएको छ ।
भारतमा आधारतभूत फोरजी स्मार्टफोन ह्याण्डसेटको प्रयोग १.३ प्रतिशतले वृद्धि भएर ७२.९ प्रतिशत पुगेको छ । त्यसैगरि फोरजी नभएको स्मार्टफोनको आधार अझै ३० प्रतिशतभन्दा बढि देखिएको छ ।
‘फेस्टिभल सिजनको आगमनसँगै विभिन्न अफरहरु घोषणाले गर्दा २जी र ३जी स्मार्टफोन यूजर्सहरु पछिल्लो टेक्नोलोजीमा अपग्रेड हुने अवस्था छ,’ टेकआर्कका फाउण्डर तथा प्रमुख विश्लेषक फैजल काउसाले भने ।
प्रकाशित: १३ आश्विन २०७६, सोमबार