आगामी आइफोनहरुको पछाडी हुने एप्पल लोगो एलईडी लाइटयुक्त राखिने, नोटिफिकेसन देखाउने

Technology Khabar १२ आश्विन २०७६, आईतवार

आगामी आइफोनहरुको पछाडी हुने एप्पल लोगो एलईडी लाइटयुक्त राखिने, नोटिफिकेसन देखाउने

काठमाडौं ।

काठमाडौं । टेक कम्पनी एप्पलले आफ्नो आइफोनमा हुने लोगोको डिजाइनलाई नयाँ रुपमा प्रस्तुत गर्ने तयारी गरेको छ । हालै दर्ता भएको नयाँ पेटेन्टअनुसार भविश्यमा आउने आइफोनहरुमा एलईडी लाइटयुक्त नोटिफिकेसन लाइट राखिने संभावना रहेको छ ।

त्यस्तो एलईडी नोटिफिकेसन लाइट आइफोनको पछाडि हुने एप्पलको लोगोमा राखिनेछ । संभवत आगामी वर्ष आउने आइफोनमा नै एप्पल लोगोमा एलईडी हुनसक्ने अनुमान गरिएको छ ।

सो एलईडी लोगो नोटिफिकेसनको लागि प्रयोग गर्न सकिनेछ ।

नयाँ पेटेन्टअनुसार पारदर्शी लेयर स्मार्टफोनको पछाडि राखिएको छ जसमा एडजस्टेबल डेकोरेसन हुनेछ । सो लोगोले नोटिफिकेसनको काम गर्नेछ भने त्यसलाई नियन्त्रण गर्न सकिने किसिमको हुनेछ ।

संभवत त्यसले कल आएको मिस्डकल, एसएमएसलगायतको जानकारी दिनेछ ।

एलईडीयुक्त एप्पल लोगो कुनै नयाँ आईडिया होईन यस्तो लोगो पहिलेका पुराना म्याकबुकहरुमा उपलब्ध थियो तर आइफोनमा भने पहिलो पटक प्रयोग गर्न लागिएको हो । हाल म्याकबुकमा यो डिजाइन राखिएको छैन तर आइफोनमा भने यो डिजाइन ल्याउने तयारी गरिएको छ ।

हाल पेटेन्टको रुपमा मात्र दर्ता भएको हुँदा त्यसलाई विकास गर्न थप समय लाग्ने हुन्छ । वा कम्पनीले त्यसलाई नल्याउन पनि सक्नेहुन्छ ।

यसअघि नै एप्पलले आगामी वर्ष सन् २०२० मा लन्च गर्ने नयाँ आइफोनलाई पुरानो आइफोन ४ को डिजाइनमा ल्याउने चर्चा बाहिर आईसकेको छ ।

easy care

प्रकाशित: १२ आश्विन २०७६, आईतवार

ताजा समाचार