Technology Khabar १२ आश्विन २०७६, आईतवार
काठमाडौं ।
काठमाडौं । टेलिकम्यूनिकेसन उद्योगको क्षेत्रमा अहिले ५जीको विकास र बिस्तार प्रमुख केन्द्रमा रहँदै आएको छ ।
अहिले शुरुवाती चरणमा ५जी निकै महंगो र सर्वसाधारणको लागि पहुँचमा आईसकेको छैन् । तर पनि कम्पनीहरुले ५जी टेक्नोलोजीसँग आबद्ध भएर नयाँ उत्पादनहरु विकास गर्न लागि परेका छन् ।
हाल बजारमा ५जी स्मार्टफोनहरु किन्नुपर्यो भने न्यूनतम ८०० डलर भन्दा माथि मूल्य तिर्नुपर्ने हुन्छ । तरपनि कम्पनीहरुले सस्तो ५जी स्मार्टफोन ल्याउने प्रयास गरिरहेका छन् । हालै शाओमीले आफ्नो हालसम्मकै सबैभन्दा सस्तो ५जी स्मार्टफोन शाओमी एमआई ९ प्रो लन्च गरेको छ जसको मूल्य ५२० डलर तोकिएको छ ।
आगामी दिनमा अझ यो भन्दा पनि सस्तो ५जी स्मार्टफोनहरु आउने अनुमान र विश्लेषण गरिएको छ । जसलाई चिनियाँ स्मार्टफोन ब्राण्ड ओपोले थप अगाडि बढाउने देखिएको छ।
ओपोका एक्सपर्ट शेन जियाले बताएअनुसार ओपोले आगामी वर्ष ३,००० यूआन अर्थात ४२० अमेरिकी डलर भन्दा सस्तो ५जी स्मार्टफोन ल्याउने तयारी गरिरहेको छ । उनकाअनुसार ओपोका सम्पूर्ण डिभाइसहरु जसको मूल्य ३,००० भन्दा बढि हुनेछ त्यसमा ५जी सपोर्ट हुनेछ ।
यसअघि ओपोको प्रमुख सेल्स म्यानेजरले पनि यस्तै विषयको बारेमा बताएका थिए । उनले कम्पनीले आगामी वर्ष ३,००० यूआन भन्दा बढि महंगा स्मार्टफोनमा ५जी टेक्नोलोजी हुने जानकारी दिएका थिए ।
ओपोले ५जीको लागि कटिंग एज टेक्नोलोजी कम्बाईन गर्नेछ, जसमा क्लाउड गेमिंग, क्लाउड फोटो एल्बम, ५जी एचडी मल्टि पार्टि भिडियो कल्स, र उच्च गतिको ५जी नेटवर्क भिडियो डाउनलोड हुनेछ ।
यसको लागि ओपोले आफ्ना सम्पूर्ण अनुसन्धान तथा विकासको स्रोतलाई ५जी सोलुसन विकासमा लगाईसकेको छ ।
आगामी वर्षमा सबैभन्दा सस्तो ५जी स्मार्टफोन समेत आउने अनुमान गरिएको छ। जसलाई चाइना मोबाइलले ल्याउने छ । चाइना मोबाइलका भाइस प्रेसिडेन्ट ली ह्वेईले एमडब्लूसी सांघाईमा नै ५जी रेडियोहरुलाई सस्तो बनाउने बताईसकेका छन् । त्यसैगरि कम्पनीले १,००० यूआन र २,००० यूआन बिच मूल्य हुने ५जी स्मार्टफोनहरु लन्च गर्ने घोषणा गरिसकेको छ ।
प्रकाशित: १२ आश्विन २०७६, आईतवार