ह्वावेले मेट ३० स्मार्टफोन सिरिज चीनमा ४० प्रतिशतसम्म छुटमा बिक्री गर्दै, ५जी मोडल नोभेम्बरमा

Technology Khabar ११ आश्विन २०७६, शनिबार

ह्वावेले मेट ३० स्मार्टफोन सिरिज चीनमा ४० प्रतिशतसम्म छुटमा बिक्री गर्दै, ५जी मोडल नोभेम्बरमा

काठमाडौं ।

काठमाडौं । ह्वावे डिभाइसहरुको विश्वबजारमा बिक्री घट्दोक्रममा रहेपनि चीनमा भने ह्वावेको नयाँ फ्ल्यागशिप स्मार्टफोनको माग निकै बढेको छ । कम्पनीले हालै सार्वजनिक गरेको ह्वावे मेट ३० सिरिजको लागि ह्वावे चीनमा निकै राम्रो आम्दानी गर्न सफल भएको छ ।

मेट ३० सिरिज आधिकारीकरुपमा चीनमा सेप्टेम्बर २६ देखि बिक्रीका लागि उपलब्ध रहेको थियो जसमा कम्पनीले करिब ७० मिलियन डलर बराबरको आम्दानी भीमल डट कमको बिक्रीबाट पहिलो मिनेटमा नै कमाएको छ । कम्पनीले आफ्ना डिभाइसहरु बजारमा ४० प्रतिशतसम्मको छुटमा बिक्री गरिरहेको छ ।

ह्वावेले ४जी भर्सन हाल लन्च गरेर ५जी भेरिएन्ट नोभेम्बरमा लन्च गर्ने योजना लिएको छ । ह्वावेले मेट ३० को बेस मोडलको मूल्य चीनमा ३,९९९ यूआन राखेको छ जून कम्पनीले लन्च गरेको समयमा तोकिएको रिटेल मूल्य ७९९ यूरोको तुलनामा करिब ३५ प्रतिशत कम हो ।
ह्वावेका सिईओ रिचार्ड यू ले नै चिनियाँ सामाजिक संजालमा ह्वावे मेट ३० को मूल्य कटौतीको घोषणा गरेका थिए ।

मेट ३० सिरिजको सबैभन्दा माथिल्लो तहको फोन मेट ३० प्रो पहिलो दिनमा नै सम्पूर्ण बिक्री भएको थियो भने बेस मोडल मेट ३० अझै उपलब्ध रहेको बताईएको छ । मेट ३० प्रोको लागि अब प्रि अर्डर गर्नुपर्ने हुन्छ ।

पछिल्लो दिनमा ह्वावेले आफ्नो रणनीतिअनुसार चीनको बजारमा ससक्त प्रतिस्पर्धा गरेर बजार हिस्सा बढाउने लिएकोछ । अमेरिकी प्रतिबन्धका कारण ह्वावेको फोनहरु विश्व बजारमा घट्दोक्रममा रहेको छ । अमेरिकी प्रतिबन्धका कारण नै कम्पनीले मेट ३० सिरिजमा गूगलका सर्भिसहरु आधिकारीकरुपमा उपलब्ध रहेका छैनन् ।

स्रोत माध्यम

easy care

प्रकाशित: ११ आश्विन २०७६, शनिबार