सामसङको ग्यालेक्सी ए सिरिजको स्मार्टफोन ‘ए १०एस’ नेपाली बजारमा, यस्तो छ विशेषताहरु

Technology Khabar ११ आश्विन २०७६, शनिबार

सामसङको ग्यालेक्सी ए सिरिजको स्मार्टफोन ‘ए १०एस’ नेपाली बजारमा, यस्तो छ विशेषताहरु
NTC_Advt

काठमाडौं । कन्ज्युमर इलेक्ट्रोनिक्स एवं स्मार्टफोन ब्राण्ड सामसङले ए सिरिजमा नयाँ स्मार्टफोन ग्यालेक्सी ए१०एस (Galaxy A10s) नेपाली बजारमा प्रस्तुत गरेको छ । यो ग्यालेक्सी ए सिरिजको सबैभन्दा नयाँ स्मार्टफोन हो ।

ग्यालेक्सी ए स्मार्टफोनको विशेषताको लागि नवीन आविष्कार गरेको छ । ग्यालेक्सी ए १०एसमा ६.२ इन्चको इन्फिनिटी–भी डिस्प्ले, नयाँ ड्युअल रियर क्यामरा, शक्तिशाली ४००० एमएएचको व्याट्री तथा फिङ्गगर प्रिन्ट स्क्यानर विद्यामान छन्, जसले गर्दा ग्राहकलाई अतुलनीय अनुभव प्रदान गर्नेछ ।

‘ग्यालेक्सी ए १०एस उत्कृष्ट डिस्प्ले, शानदान क्यामरा, धेरै समयसम्म टिकाऊ हुने ब्याट्री तथा अझै धेरै सुरक्षा चाहनु हुने नेपाली मिलेनियल्सहरुका लागि बनाइएको हो । यो फोन वास्तवमै शानदार लुक्स र उत्कृष्ट कार्यक्षमतायुक्त फोन हो,’ आइ एम बिजका प्रमुख प्रणय रत्न स्थापितले भने ।

रोचक भिज्युअल अनुभव तथा शक्तिशाली व्याट्री

नयाँ ग्यालेक्सी ए १०एस मा ६.२ इन्को एचडी इन्फिनिटी–भी डिस्प्ले रहेको छ । यसमा प्रयोगकर्ताले आफूलाई मनपरेको विषयवस्तु अझै सहज तरिकाबाट हेर्न सक्नुहुने छ । यसका अतिरिक्त आजका युवापुस्ताहरुको आवश्यकतालाई मध्यनजर गर्दै ग्यालेक्सी ए१०एस मा ४००० एमएएचको शक्तिशाली ब्याट्री लाग्दछ, जसले सहज स्ट्रिमिङ्ग, गेमिङ्ग तथा लाइभ ब्रोडकास्टिमा मद्दत गर्दछ ।

कुनै पनि क्षणबाट नचुक्नुहोस्

मिलेनियल्सको आवश्यकतालाई सम्बोधन गर्नको लागि ग्यालेक्सी ए१०एस मा ड्युअल रियर क्यामरा सेटअप गरिएकोछ, जसले अन द गो को अवस्थामा पनि आफ्ना बहुमूल्य क्षणहरुलाई क्यामरामा कैद गर्न सकिन्छ । ग्यालेक्सी ए१०एस को ड्युअल क्यामरा सेटअपमा एफ १.८ अपर्चरको साथ १३ मेगापिक्सलको प्राइमरी रियर क्यामरा तथा २ मेगापिक्सलको डेप्थ क्यामरा रहेको छ ।

त्यसै कारणले गर्दा प्रयोगकर्ताले कुनै पनि सब्जेक्टमा केन्द्रित रहँदा आकर्षक फोटो लिन सक्नुहुन्छ भने ब्याकग्राउन्डमा भएको अनावश्यक कुराहरुलाई ब्लर बनाउन पनि सहजै सकिन्छ । ग्यालेक्सी ए१०एस मा ८ मेगापिक्सलको फ्रन्ट क्यामरा राखिएकोछ जसले गर्दा सफा एवं आकर्षक सेल्फी खिच्न सकिन्छ ।

ग्यालेक्सी ए१०एस एक उच्चस्तरीय मल्टीटास्कर हो । मल्टिटास्किङ्गको लागि यसमा अक्टाकोर प्रोसेसर राखिएको छ । ग्यालेक्सी ए१०एस मा अधिक सेक्युरिटिज सुविधाहरु जस्तैः पिङ्गगर प्रिन्ट स्क्यानर तथा फेस अनलक रहेको छ ।

ग्यालेक्सी ए१०एस २ जीबी ¥याम तथा ३२ जीबी स्टोरेजका साथ उपलब्ध रहेको छ । यसको खरिद मूल्य रु. १६,७९० तोकिएको छ । यो फोन विभिन्न तीन रंगहरु नीलो, हरियो तथा कालोमा उपलब्ध रहेको छ । सामसङ ग्यालेक्सी ए१०एस असोज ६ गतेदेखि नेपालभरका रिटेल शप तथा सामसङका आधिकारिक विक्री केन्द्रहरुबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

प्रकाशित: ११ आश्विन २०७६, शनिबार