पेमेन्ट नेटवर्क फोन पे मा ५० हजार मर्चेन्ट आबद्ध, ‘दशैँ तिहार, क्युआरबाट व्यापार’ अफर सार्बजनिक

Technology Khabar १० आश्विन २०७६, शुक्रबार

पेमेन्ट नेटवर्क फोन पे मा ५० हजार मर्चेन्ट आबद्ध, ‘दशैँ तिहार, क्युआरबाट व्यापार’ अफर सार्बजनिक

काठमाडौं ।

काठमाडौं । पेमेन्ट नेटवर्क फोन–पेले पचास हजार मर्चेन्ट बनाउन सफल भएको छ । फोन पे मा विभिन्न १४ प्रकारका मर्चेन्टहरूमा मासिक पचास हजार भन्दा धेरै कारोबार हुने गरेको छ ।

फोन पे नेटवर्क, बैंक, ग्राहक र मर्चेन्ट विस्तारको हिसाबले नेपालका सातवटै प्रदेशमा पुगिसेकको कम्पनीले जानकारी दिएको छ ।

फोन पे मा ५० भन्दा बढि बैंक तथा वित्तीय संस्था सदस्यका रूपमा आबद्ध रहेका छन् । जहाँबाट नेपालभरका ७० लाख भन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्तालाई आफ्नो सेवा प्रदान गरिरहेको छ ।

५० हजार मर्चेन्ट पुगेको अवसरमा तथा दशैँ तिहारलाई लक्षित गरी फोन पे प्रा.लि.ले ‘दशैँ तिहार, क्युआरबाट व्यापार’ अफर सार्बजनिक गरेको छ । यस अफर अन्तरगत हरेक दिन १० जना मर्चेन्टले रू १०००, २ जना मर्चेन्टले रू ५ हजार, १ जना मर्चेन्टलले रू १०,००० प्राप्त गर्न सक्नेछन् । यो योजना असोज १ गतेदेखि असोज ३० गतेसम्म सञ्चालन हुने बताईएको छ ।

साथै एकजना भाग्यशाली मर्चेन्टले दशैँ, तिहार र छठ पर्बपछि एकलाख रूपैयाँ प्राप्त गर्नेछ । विजेता घोषणा कार्तिक १७ गते गरिनेछ । यस योजनामा फोन पे मर्चेन्टका सदस्य बैंक तथा वालेटमार्फत क्युआर भुक्तानी स्विकार गर्ने मर्चेएन्टलाई मात्र सहभागी गराइने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: १० आश्विन २०७६, शुक्रबार