एप्पलले आगामी आइफोन १२ को डिजाइन आइफोन ४ को जस्तै डिजाइनमा बनाउन सक्ने

Technology Khabar १० आश्विन २०७६, शुक्रबार

एप्पलले आगामी आइफोन १२ को डिजाइन आइफोन ४ को जस्तै डिजाइनमा बनाउन सक्ने
NTC_Advt

काठमाडौं । एप्पलको नयाँ आइफोन सिरिज आइफोन ११, आइफोन ११ प्रो र आइफोन ११ प्रो म्याक्स भर्खर मात्रै सार्वजनिक भएको छ । अझ नेपालमा त यो फोन आधिकारीकरुपमा आएकै छैन तर आइफोनको आगामी वर्ष आउने डिजाइनको बारेमा चर्चा शुरु भईसकेको छ।
एप्पलले आगामी वर्ष ल्याउने आइफोन १२ को बारेमा नयाँ रिपोर्टहरु आउन शुरु भईसकेको छ।

चर्चित एप्पल विश्लेषक मिंग ची कुओले आगामी आइफोनको बारेमा आफ्ना अनुमानहरु सार्वजनिक गरेका छन् । सामान्यतया उनका अनुमानहरु सही हुने गर्दछ।

कुओकाअनुसार एप्पलले आगामी वर्ष आइफोन डिजाइनमा निकै ठूलो परिवर्तन गर्नेछ, तर यो कुनै नयाँ डिजाइन भने हुनेछैन् । उनले आइफोन १२ सिरिजले यसअघिको आइफोन ४ जस्तै चेसिस डिजाइनलाई पुन ल्याउने छ ।

सन् २०२० आइफोनहरु फ्ल्याग मेटल फ्रेम हुनेछ जसमा २.५डी ग्लासको कम्बिनेसनबाट निर्मित हुनेछ । नयाँ डिजाइनको आकर्षण र ५जी सपोर्ट फीचरका कारणले सन् २०२० मा आइफोनको बजार माग उच्च हुने अनुमान समेत गरिएको छ।

कुओले सन् २०२० आइफोनको माग ८ करोड ५० लाखसहित रेकर्ड माग हुने अनुमान समेत गरेका छन् । यसका साथमा प्रोडक्सन पनि बढ्नेछ भने यसको असर मूल्यमा पनि हुनेछ ।

एप्पलको हालै आएको आइफोन ११ नै अन्तिम आइफोन हुनेछ जसमा ओएलईडी स्क्रीन राखिएको छैन् । यसपछिका आइफोनहरु सबैमा ओएलईडी स्क्रीन मात्र प्रयोग हुनेछन् ।

एप्पलले आफ्नो टच आईडी टेक्नोलोजीलाई आइफोन १२ सिरिजका साथमा पुन ल्याउने छ भने अण्डर ग्लास फिंगरप्रिन्ट सोलुसन पनि उपलब्ध गराउने आशा गरिएको छ ।

एप्पलले आइफोन एक्स अर्थात आइफोन टेनपछि आइफोनको डिजाइनमा कुनै ठूलो परिवर्तन गरेको छैन् । आइफोन ११ सिरिजमा पनि कम्पनीले नयाँ डिजाइन ल्याउने अपेक्षा गरिएको थियो तर यस्तो भएन ।

तर एप्पलले क्यामरा डिजाइनमा भने परिवर्तन गर्दै पहिलो पटक ट्रिपल क्यामरा सेटअप राखेको छ भने सस्तो आइफोन ११ मा ड्यूल क्यामरा डिजाइन रहेको छ।

प्रकाशित: १० आश्विन २०७६, शुक्रबार